इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) इलाममा स्थापना गर्नेको प्रक्रिया चाँडोभन्दा चाँडो अगाडि बढाउनको लागि पूर्वप्रधानमन्त्री झलनाथ खनालले शिक्षा, बिज्ञान तथा प्राविधिमन्त्री अशोक राईसँग भेटघाट गरेका छन्।
खनाल निवास डल्लुमा सोमबार भेटघाट गर्दै चाँडो प्रक्रिया सुरु गर्न अनुरोध गरेका थिए । छलफलमा पूर्वप्रधानमन्त्री खनाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धिरेन शर्मा (रमण), इलाम नगरपालिकाका नगर प्रमुख केदार थापा अधिवक्ता समिप घिमिरे र समाजसेवी भवानी खनालको उपस्थिती रहेको थियो ।
गएको असारमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा इलामको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत ज्ञापनपत्र बुझाएको थियो। त्यसपछि पूर्व प्रधानमन्त्री खनालको निरन्तर पहलकदमीका साथ प्रक्रिया अघि बढ्दै गएको हो ।
सोमबार भएको भेटवार्ता सकारात्मक रहेको र भेटवार्ताको क्रममा मन्त्री राईले अब चाडो प्रक्रिया सुरुहुने प्रतिवद्दता जनाएको पूर्वप्रधानमन्त्री खनालको सचिवालयले जानकारी दिएको छ ।