Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

माओवादीको विशेष रुपान्तरण अभियान इलामको चुलाचुलीमा समापन (तस्बिरहरु)

माओवादीको विशेष रुपान्तरण अभियान इलामको चुलाचुलीमा समापन (तस्बिरहरु)

  • सन्देश सम्वाददाता
  • सोमबार, पौस २३ २०८०


माओवादीको विशेष रुपान्तरण अभियान इलामको चुलाचुलीमा समापन (तस्बिरहरु)

चुलाचुली। पार्टीलाई रुपान्तरण गर्ने उद्देश्यले नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को समापन भएको छ । माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि इलामका ८१ वडा र १० वटै पालिकाहरुमा तीन महिने अभियान सञ्चालन गरेको थियो । जनताको उल्लेख्य सहभागिता रहेपछि माओवादी केन्द्रले अभियान एक महिना थप गरेको थियो ।


अभियान समापनका क्रममा पार्टीको गतिविधिको समीक्षा, वर्तमान स्थिति तथा आगामी कार्ययोजनाका बारेमा स्थानीयस्तरमा छलफल भएको थियो ।
अभियानबाट पार्टी जनतासँग जोडिएको तथा जनताको असली सहयोगी माओवादी केन्द्र नै हो भन्ने बुझाइ बढेको माओवादी केन्द्रको इलाम जिल्ला अभियान इञ्चार्ज कुलप्रसाद साम्बा कुसलले बताए । अभियानले जनतालाई पार्टीसँग जोडेको छ, टोलटोलमा कमिटी बनेका छन्, निष्क्रिय कमिटी सक्रिय भएका भएको इलामका सह इञ्चार्ज कान्छा लावतीले बताए ।


गत साउनमा बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पार्टीलाई रुपान्तरण गर्न विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियानअन्तर्गत पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा गरिएको सुधारलगायत जनपक्षीय कामको प्रचारप्रसार र पार्टीभित्रको समस्या तथा अन्तर्विरोधको पहिचान, नेता र कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिएको माओवादी केन्द्र जिल्ला संयोजक बिजय खम्बुले बताए ।
मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराएपछि इलाममा साढे चार सय अन्तय पार्टीका कार्यकर्ताहरु पार्टिमा प्रवेश गरेको जिल्ला सह इञ्चार्ज कान्छा लावतीले बताए ।

अभियानको पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण र विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तथा योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तर्विरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापनाको काम इलाममा गरिएको थियो । नेकपा माओवादी केन्द्र चुलाचुली अध्यक्ष प्रति राईको अध्यक्षतामा भएको अभियान समापन कार्यक्रममा जिल्ला सह इञ्चार्ज कान्छा लावती लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार