Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

जब इलाममा ज्योति मगरको खुट्टा स्टेज नै प्वाल पारेर छिर्‍यो

जब इलाममा ज्योति मगरको खुट्टा स्टेज नै प्वाल पारेर छिर्‍यो

  • सन्देश सम्वाददाता
  • सोमबार, पौस २३ २०८०


जब इलाममा ज्योति मगरको खुट्टा स्टेज नै प्वाल पारेर छिर्‍यो

माई । गायिका ज्योति मगर जहाँ पुग्छिन्, त्यहाँ स्टेट तातिहाल्छ । उनको गायनसहितको बेजोड प्रस्तुति हेर्न दर्शक सधैं लालयित हुन्छन् ।
ठूलो युवा जमातले उनलाई स्टेज प्रस्तुतिमा सधैं ‘हुटिङ’ दिन्छ । र, दर्शक–स्रोतासँगै उनी उफ्रीउफ्री गाउँदै स्टेज तताउँछिन् ।
अरू त अरू, ज्योति मगरको पहिरनमा कटु आलोचना गर्नेहरूसमेत लुकीलुकी उनको प्रस्तुति हेर्न चाहिँ कार्यक्रमस्थल पुगेको चर्चासमेत सुनिन्छ । यसबाटै थाहा हुन्छ कि, गायिका ज्योति मगर बहुसंख्यक दर्शक–स्रोताको आकर्षणमा पर्छिन् ।
इलामको माई नगरपालिकामा पनि पुस १७ देखि २० सम्म तेह्रकुने पोखरी सिमसार पर्यटन महोत्सव आयोजना गरियो । महोत्सव समापनमा आइन् गायिका ज्योति मगर ।
समापन हुने पूर्वसन्ध्यामा राति करिब ११ बजे स्टेज उक्लिएकी मगरले केही गीतमात्रै गाएकी थिइन्, अनौठो घटना भयो । गायन र नृत्यमा बेजोडसँग झुमिरहेका बेला स्टेज नै प्वाल पर्‍यो । प्वालमा ज्योतिको देब्रे खुट्टो पर्‍यो र घुँडासम्म छिर्‍यो ।
‘मैले भनेको त हो नि’ भन्दै उनले आफ्नो खुट्टा प्वालबाट निकाल्न अरूको सहयोग मागिन् ।
प्रस्तुति दिँदादिँदै खुट्टामा चोटसमेत लाग्नेगरीको यो घटना भएपछि ज्योति आयोजकसँग केही असन्तुष्ट भइन् । तर, प्रस्तुति छाडिनन् ।
चोटका कारण खुट्टाले साथ नदिएपछि करिब राति १२ बजे उनले आफ्नो प्रस्तुति बिट मारिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार