Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

पहिचानको आन्दोलन गर्नेहरुलाई शान्तिपूर्ण आन्दोलन गर्न आग्रह’

पहिचानको आन्दोलन गर्नेहरुलाई शान्तिपूर्ण आन्दोलन गर्न आग्रह’

  • सन्देश सम्वाददाता
  • सोमबार, पौस २३ २०८०


पहिचानको आन्दोलन गर्नेहरुलाई शान्तिपूर्ण आन्दोलन गर्न आग्रह’

माई । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले पहिचानको मुद्दामा शान्तिपुर्ण आन्दोलन गर्न आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् । इलामको माई नगरपालिका वडा नम्बर १ र ९ को संगम स्थलमा रहेको तेह्रकुने सिमसार महोत्सवको समापन समारोहमा बोल्दै मन्त्री राईले कोहि कसै प्रति लक्षित भएर आक्रमण नगरिदिन आग्रह गरेका हुन् ।
मन्त्री राईले आफुहरुले पनि पहिचान को मुद्दा लिएर हिडेको हो तर एउटा कुरा खुस्कियो, एउटा कुरा चिप्लियो भन्दैमा कसैको ज्यानै जाने गरि आन्दोलन गर्नु हुदैन भन्दै वर्तमान प्रदेश सरकार पहिचानको मामिला बुझेकै सरकार रहेकाले नामका विषयमा प्रदेश सरकारमा छलफल भईरहेको बताए।
मन्त्री राईले प्रदेशको नामाकरण संसदीय प्रक्रिया मात्र सकिएको तर राजनीतमा असम्भव कुनै कुरा छैन, आन्दोलन शान्तिपूर्ण रहनु पर्छ भन्दै लक्षित आन्दोलन नगर्न सुझाव दिए ।
गत पुस १७ गतेवाट सञ्चालन रहेको चार दिने महोत्सव समापन कार्यक्रम प्रमुख अतिथि मन्त्री राईले तेह्रकुने सिमसारको विकासको लागि प्रदेश सरकारले थप सहयोग गर्ने बताउँदै १३ वटै कुनामा सबैको संस्कृति झल्किने काम गर्न आग्रह गरे। उनले डम्फू वजेको, सिलोक गाएको, मारुनी नाचेको,संगिनी खेलेको, केलाङ नाचेको पनि हेर्ने मन रहेको र पहिचानको कुरा पनि यसरीनै उठान भयो भने वलियो हुने धारणा राखे ।
समापन कार्यक्रममा विशेष अतिथि प्रदेश सभा सदस्य खगेश्वरी पौडेल अधिकारी (बन्दना), वडा अध्यक्षहरु रामबहादुर राई, देवकुमार तामाङ, खड्गसुन्दर योङ्हाङ, आदिबासी जनजाती महासंघ इलाम अध्यक्ष चक्र एक्तेन ‘अभिषेक’ ,नेपाली कांग्रेस क्षेत्र नम्बर-१ (ख) सभापति निश्कल राई लगायतले मन्तब्य राखेका थिए । अतिथिहरु भगवती बराइली, पुष्प गिरी, प्रेमलाल गिरी,प्रेम दुलाल,खड्ग कँडेल, सुरक्षाकर्मी, पत्रकार लगायतको महोत्सव समापनमा उपस्थिति रहेको थियो। करसिंह राईको अध्यक्षता, ललिता राईको स्वागत र सुवर्ण राईको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार