फिक्कल । इलामकाे सूर्याेदय नगरपालिका-३ तिनखुट्टे बाट हराएकाे स्कुटर फेला पारि प्रहरीले बुझाएकाे छ ।
गत पाैष २० गते लक्की डेरी स्थित प्रेम यल्मोको घरमा पार्किङ गरी राखिएको प्र.१-०३-००१ प २२४७ नम्बरको रातो कालो रङको स्कुटर हराएकाे थियाे ।
स्कुटर हराएको जानकारी पछि इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी फिक्कल इलामबाट खोजतलास गरि सूर्योदय नगरपालिका-९ गैरीगाउँमा झाडीमा लुकाएकाे अवस्थामा फेला पारेर बुझाइएकाे छ ।