Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

५ महिनादेखि चीज नबिकेपछि व्यवसायी काठमाडौँमा, मन्त्री र सचिवलाई ज्ञापन पत्र (तस्बिरहरु)

५ महिनादेखि चीज नबिकेपछि व्यवसायी काठमाडौँमा, मन्त्री र सचिवलाई ज्ञापन पत्र (तस्बिरहरु)

  • सन्देश सम्वाददाता
  • बिहिबार, पौस १९ २०८०


५ महिनादेखि चीज नबिकेपछि व्यवसायी काठमाडौँमा, मन्त्री र सचिवलाई ज्ञापन पत्र (तस्बिरहरु)

काठमाडौँ । ५ महिनादेखि उत्पादन भएको चीज उद्योगमा थन्किएपछि पूर्वी पहाडी जिल्लाका चीज उद्योगीहरु सिंहदरबार आइपुगेका छन् । सिंह दरबार आइपुगेका उद्योगी व्यवसायीले कृषि तथा पशुपक्षि विकास मन्त्री डा बेदुराम भुसाल, सचिव रेवती रमन पौडेललाई ज्ञापन पत्र बुझाएका छन् ।
भारतमा उत्पादन भएको चीज अबैध रुपमा नेपाल आयात भएर बजारमा बिक्रि भइरहेका कारण नेपाली चीज उद्योगमा थन्किएकाले अबैध चीज आयात रोक्नुपर्ने माग उद्योगीको छ । सूर्योदय नगर उद्योग बाणिज्य संघका सचिव सुजन तिमसिना, हिमालय चीज उद्योग एशोसिएसन उपाध्यक्ष महेन्द्र प्रधान, सदस्य चन्द्र बहादूर, तुलु कामि थिङ तामाङ र दावा पाख्रिन तामाङको उपस्थिति रहेको थियो ।


टोलीमा बिष्णु कुमार थामि, सुमन महर्जन, दावा लामा थिङ, टंक खत्रि, वाङ्चु तामाङ र आङ्फुर्वा सेर्पाको उपस्थिति रहेको थियो । नेपाल डेरी एशोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल सहित टोलीले मन्त्री बेदुराम भुषाल, सचिव रेवती रवन पौडेललाई उद्योगमा देखिएका समस्या हटाउन पहल गर्न आग्रह गरेका थिए ।
ज्ञापन पत्र बुझाउँदै हिमालय चीज एशोसिएसनका उपाध्यक्ष महेन्द्र प्रधानले उद्योगमा उत्पादित चीज बिक्रि नहुँदा उद्योग बन्द गर्नु अवस्थामा पुगेको बताए । साउनबाट उत्पादन भएको चीज बिक्रि भएको छैन प्रधानले भने–‘दूधको दूल्य वृद्धि भएपछि उत्पादन भएको चीजको पनि मूल्य वृद्धि बाध्य भएका छौँ ।’ ज्ञापन पत्र बुझाउँदै चीज एशोसिएसनका सदस्य तुलु कामि थिङ तामाङले बजारमा देखिएका समस्या समाधन गर्न भारतमा अबैध रुपमा आयत भइरहेको दूग्ध पदार्थ रोक्नुपर्ने बताए ।


अन्तराष्ट्रिय बजारमा चीज बिक्रिका लागि समस्या छन्, त्यसलाई खुल्ला गर्न सरकारले पहल गर्नुपर्ने बताए । उनले नेपालको कंचन चीजको विदेश निर्यातका लागि पहल गर्नुपर्नेमा जोड दिए । ज्ञापन पत्र बुझाएपछि मन्त्री डा बेदुराम भुसालसँगको छलफलमा बोल्दै सूर्योदय नगर उद्योग बाणिज्य संघका सचिव सुजन तिमसिनाले पूर्वी पहाडी क्षेत्रमा उत्पादन भएको घ्यु छुर्पि र चीज ५ महिनादेखि बिक्रि नहुँदा उद्योगी समस्यामा परेको बताए ।

उनले लामो समयसम्म उत्पादन भएको दूग्ध पदार्थको बिक्रि नहुँदा उद्योगीलाई स्टोर गर्न कोल्डस्टोरको समस्या रहेको बताए । उनले भने–‘उद्योगीले उत्पादन गरेको घ्यु, छुर्पि र चीज बिक्रि नभएपछि किसानलाई दूधको मूल्य भुक्तानीमा समस्या रहेको छ ।’ यस्तो अवस्थामा दूग्ध पदार्थ स्टोर गर्ने कोल्डस्टोरको समस्या हुँदा धेरै दूग्ध पदार्थ धेरै त्यतिकै नास भएर जान थालेको छ । स्थानीय तहमा पर्याप्त प्राविधिक नहुँदा किसानले पनि प्राविधिक सेवा राम्रो पाउन नसकेको सचिव तिमसिनाले बताए ।


दूध उत्पादन र दुग्धपदार्थ प्रशोधन गर्ने जिल्ला इलाममा पर्याप्त पशु डाक्टर र प्राविधि नहुँदा किसानले मार खेपिरहेकाले आगामि आर्थिक वर्षमा यसको सम्बोधन हुनुपर्ने तिमसिनाले जोड दिएका थिए ।


उद्योगीको गुनासो सुनेपछि कृषि तथा पशुपक्षि विकास मन्त्री डा बेदुराम भुषालले समस्या समाधानका लागि आफुले सक्ने पहल गर्ने बताए । मन्त्री भुषालले भने हाम्रो उत्पादनको आन्तरिक बजार खोज्न उद्योगी व्यवसायी आफै लाग्नुपर्ने र बिदेशी दूग्ध पदार्थ रोक्न किसान उद्योगी र व्यवसायी जागरुप हुनुपर्ने बताएका छन् । चीज उत्पादन गर्ने हिमालय चीज एशोसिएसनमा १९ वटा उद्योग संचालनमा रहेका छन् । उद्योगमा अहिले १ लाख ३ हजार किलो चीज मौजात रहेको व्यवासीले बताएका छन् । उद्योगीले बार्षिक ३४ करोड बराबरको दूध खरिद गरि गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार