Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरमा माओवादी केन्द्रको समन्वयमा पुष २१ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

सन्दकपुरमा माओवादी केन्द्रको समन्वयमा पुष २१ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

  • सन्देश सम्वाददाता
  • बुधबार, पौस १८ २०८०


सन्दकपुरमा माओवादी केन्द्रको समन्वयमा पुष २१ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिकामा नेकपा माओवादी केन्द्रको समन्वयमा निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । पुष २१ गते सनिवारका दिन बिषेशज्ञ डाक्टरहरुको उपस्थितिमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो । प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघको बिषेश पहलमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
स्वास्थ्य शिविरमा बरिष्ठ हाडजोर्नी सर्जन डा गुरु खनाल, फिजिसियन डा अमृत पोखरेल, मानसिक रोग विशेषज्ञ डा मदन बस्नेत, स्त्री रोग विशेषज्ञ श्रद्धा श्रेष्ठ र बालरोग बिषेशज्ञ डा प्रदिप मेहेताको सेवा लिन सकिनेछ । स्वास्थ्य सिविरमा आँखा, नाक, कान र घाटि रोग बिषेशज्ञहरुको पनि उपस्थिति हुने माओवादी केन्द्र सन्दकपुरका अध्यक्ष फुर्वा सेर्पाले बताए । माईपोखरी एकाड्ेमी सन्दकपुरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा एक्सरे, मधुमेह र इसिजि सेवा प्रदान हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार