Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरका युवा कृषि पेशामा (तस्बिरहरु)

सन्दकपुरका युवा कृषि पेशामा (तस्बिरहरु)

  • सन्देश सम्वाददाता
  • बुधबार, पौस १८ २०८०


सन्दकपुरका युवा कृषि पेशामा (तस्बिरहरु)

सन्दकपुर (माईपताल) । इलामका उच्च पहाडी भु–भागमा बसोबास गर्ने किसान अहिले व्यवसायी रुपमा पशुपालन, जडिबुटी र तरकारी खेतीमा आकर्षित भएका छन् । खाध्यबाली खेती गर्दा अधिक समय लाग्ने भएपछि किसानहरु पशुपालन, जडिबुटी र टनेलमा तरकारी खेती गरि मनग्ये आम्दानी लिन थालेका छन् ।
सन्दकपुर ३ का सुनिल खतिवडा कृषि र पशुपालमा रमेका छन् । लामकटेरी कृषि तथा डेरी उद्योग दर्ता गरि खतिवडाले कृषि र पशुपालन गर्दै आएका छन् । व्यवसायीक रुपमा गाई पालन गर्दै आएका खतिवडाले दैनिक ७० लिटर दूध उत्पादन गर्दै आएका हुन् ।


सन्दकपुर ३ का लक्ष्वण प्रसाद गड्तौलाले अहिले चिराइतो खेती गर्दै आएका छन् । खाध्यबाली कम हुने भएकाले गड्तौलाले व्यवसायीक रुपमा चिराइतो खेती गर्दै आएका हुन् । खाध्यवालीको खेतीबाट आम्दानी कम हुन थालेपछि सन्दकपुरका किसान जडिबुटी, पशुपालन र तरकारी खेतीमा आकर्षिक भएका छन् ।
खाध्यबाली छोडेर पशुपालन र जडिबुटी खेतीमा लाग्ने सुनिल खतिवडा र लक्ष्वण प्रसाद गड्तौला मात्रै छैनन् । इलामको उच्च पहाडी भु–भाग भएकाले सन्दकपुरमा तापक्रम कम हुन्छ । जसका कारण धान, मकै, कोदो लगायतका खाध्यबालीहरु उत्पादन हुन समय अधिक लाग्ने भएपछि किसानहरु पशुपालन र जडिबुटी खेतीमा आकर्षित भएका हुन् ।
पशुपालन गर्दै आएका किसानको मुख्य आम्दानी गाईको दूध बिक्रि हो । व्यवसायीक रुपमा गाई पालन गर्दै आएका कतिपय किसानले घरमा दूध प्रशोधन गर्दै आएका हुन् । दूध प्रशोधनबाट घ्यू र छुर्पी उत्पादन हुन्छ । लेकाली क्षेत्रका किसानको आम्दानीको श्रोत चिराइतो खेती भएको छ ।
चिराइतो पाखाबारीमा पनि खेती हुने भएकाले किसानहरुको आम्दानीको श्रोत राम्रो भएको हो । चिराइतो अहिले प्रतिकिलो एक हजारमा बिक्रि हुँदै आएको छ ।
किसानले लेकाली क्षेत्रमा टनेलमा तरकारी उत्पादन गर्दै आएका छन् । टनेलमा १२ महिना नै तरकारी खेती गर्न सकिन्छ । किसानहरुले टनेलमा टमाटर, कोपि, साग लगायत सिजन अनुसारका तरकारी उत्पादन गरि स्थानीय बजारमा बिक्रि गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार