Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिका : पशु उपचारमा प्राविधिक छैन, राहातका नाममा भोटको राजनीति

सूर्योदय नगरपालिका : पशु उपचारमा प्राविधिक छैन, राहातका नाममा भोटको राजनीति

  • सन्देश सम्वाददाता
  • मंगलबार, पौस १७ २०८०


सूर्योदय नगरपालिका : पशु उपचारमा प्राविधिक छैन, राहातका नाममा भोटको राजनीति

सूर्योदय । पशुपालन सूर्योदय नगरबासीको आर्थीक श्रोत मध्ये एक हो । नगरबासीको आम्दानी चिया खेतीपछि पशुपालन रहेको छ । नगर भित्रका ९० प्रतिशत परिवारले गाईपालनलाई मुख्य आम्दानीको श्रोत बनाएका छन् ।
तर सूर्योदय नगरपालिकामा किसानका गोठका गाईको उपचारका लागि पशु प्राविधिकको अभाव छ । नगरपालिकाले पशुहरुको उपचारका लागि आवश्यक जनशक्ति बढाउनुका साटो लोकप्रियताका लागि सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादूर राई अघि बढेका छन् । ९० प्रतिशत किसान पशुपालनका आवद्ध भएको नगरपालिका गाईको दूध उत्पादनमा अग्रणि मानिन्छ ।
दूध उत्पादन बढी भएसँगै सूर्योदय नगरपालिकामा दुग्धजन्य उद्योगहरु स्थापना हुने क्रम बढेको छ । तर सूर्योदय नगरपालिकामा पशुहरुको उपचार गर्ने प्राविधिकको अभाव छ । स्थानीय तहको पहिलो निर्वाचनमा रणबहादूर राई नगरप्रमुखमा निर्वाचित भएपछि अहिलेसम्म नगरपालिकामा ८० जना बढी करारमा कर्मचारी नियुक्त गरिएका छन् । तर नगरकै अर्थतन्त्रको आधार रहेको पशुहरुको उपचारका लागि अहिले ७ जना मात्रै पशु प्राविधिक रहेका छन् । जसका कारण किसानहरुले पशुहरुको उपचारका लागि सरकारी सेवा पाउन मुस्किल छ । करारमा कर्मचारी नियुक्ति गर्दा पशुप्राविधिक परेका छैनन् ।
स्थानीय तहको पहिलो निर्वाचन पछि पशु सेवा तर्फ ८ जना मात्रै कर्मचारी आवश्यक रहेको निष्कर्ष नगरपालिकाले लिएको थियो । जसका कारण हजारौ किसानहरुले अहिले आफ्नो अर्थतन्त्रको अधार पशुहरुको उपचारका लागि निजी पशु प्राविधिकहरुबाट सेवा लिनुपर्ने बाध्यता रहेको छ ।
१४ वटा वडा रहेको सूर्योदय नगरपालिकामा एक वडामा एक पशु प्राविधिक आवश्यक रहेपनि अहिले ८ जना दरबन्दिमा ७ जनामा मात्रै रहेको पशु सेवा शाखाका रहेको प्रमुख विपिन सिंहले बताए । प्राविधिक जनशक्तिमध्ये सूर्योदय १ को गोर्खे, लक्ष्मीपूर, ५ को समाल्बुङमा मात्रै प्राविधिक कर्मचारी खटिएका छन् । बाँकी नगरपालिकाको केन्द्र रहेको फिक्कलमा पशु सेवा शाखामा कार्यरत रहेको शाखा प्रमुख विपिन सिंहले बताए । १४ वडामध्ये ५ वडामा मात्रै पशु प्राविधिकहरुको पहुँच छ । अधिकार सहितको स्थानीय तह भएपनि परिवर्तनको अनुभति किासनले गर्न पाएका छ्र्रैनन् ।
नगरपालिकामा करारमा कर्मचारी नियुक्तिको काम धेरै भएपनि पशु र कृषि तर्फ प्राथमिकतामा परेको छैन । नगरपालिकाको प्राविधिक जनशक्ति नहुँदा पशुसेवा शाखाले कुनैपनि काम गर्न निजी क्षेत्रका पशु प्राविधिकबाट काम गर्दै आएको पशु सेवा शाखाका प्रमुख विपिन सिंहले बताए । निजी क्षेत्रका पशु प्राविधिकहरुलाई पशुहरुको कृतिम गर्भाधानका लाइट्रोन, सिमेन र खोप कार्ड प्रदान गर्दै आएको छ ।
भ्याक्सिन लगाउँदा प्रति पशु गोटा दर निजी क्षेत्रका पशु प्राविधिकहरुलाई रोज दिएर लगाउने गरेको छ । किसानलाई सेवा दिनका लागि एक वडा एक पशु प्राविधिकको आवश्यकता हुदा सहज हुने सिंहले बताए ।
लोकप्रियताका लागि राहात वितरणको निर्णय
पशुहरुको प्राविधिक वृद्धिमा चासो नदिएको सूर्योदय नगरपालिकाले लम्पिस्किन महामारीमा क्षति भएको पशु चौपायाको राहात रकम दिने गरेको छ । प्राविधिक जनशक्ति वृद्धि र उपचारका लागि आवश्यक प्रविधिहरुको व्यवस्थापनमा ध्यान दिनुको साटो लोकप्रियताका लागि राहात वितरण गर्न लागेको हो ।
नगरपालिकाको आठौ कार्यपालिका बैठकबाट राहत रकम वितरण गर्ने कार्यविधि पारित गरेर राहात वितरण गर्ने निर्णय गरेको हो । जस अनुसार माउ गाई मरेको किसानलाई २० हजार रूपैया, कोरली गाइ मरेका किसानलाई १० हजार र गोरू मरेको किसानलाई ५ हजार रूपैया राहात रकम दिने निर्णय हो ।
लम्पिस्किन रोग नियन्त्रण गर्न समयमा खोप अभियान संचालन नसक्दा सुर्योदय नगरपालिकामा रोगबाट बढी पशुहरुमा क्षति भएको थियो । तर अहिले रोग स्वत नियन्त्रणमा आएपछि खोप अभियानलाई सघन रूपमा सञ्चालन गर्ने भएको निर्णय गरेको छ । त्यसका लागि नगरपालिका अन्तरगत र निजी पशु प्राविधिकको परिचालन गरेको हो ।
नगरपालिकाले लम्पिस्किन रोगबाट भएको छतिमा राहत वितरण, खोप खरिद र चेतनामूलक कार्यक्रम गर्न नगरपालिकाले एक करोड २५ लाख रूपैयाँ रकम विनियोजन गरेको थियो । नगरपालिकामा लम्पिस्किन रोगबाट सात सय ४४ गाईबस्तुको मरेका थिए ।
त्यस्तै नगरपालिकाले पशु र बालि बिमामा प्रोत्साहन गर्ने भएको छ । नगरपालिकाले पशु र बालि बिमामा किसानले ब्यहोर्ने बिमा शुल्कको आधा रकम नगरपालिकाले व्यहोर्न भएको छ । बिमा प्रोत्साहनको लागि दश लाख रूपैया विनियोजन भएको छ । पशु र बालि बिमामा सरकारले ८० प्रतिशत अनुदान दिने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार