Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

मोरङको उर्लाबारीबाट इलामको साकफारा जोड्ने सडकको सरोकार समिति गठन

मोरङको उर्लाबारीबाट इलामको साकफारा जोड्ने सडकको सरोकार समिति गठन

  • सन्देश सम्वाददाता
  • मंगलबार, पौस १७ २०८०


मोरङको उर्लाबारीबाट इलामको साकफारा जोड्ने सडकको सरोकार समिति गठन

मधुमल्ला । मोरङको उर्लाबारी हुँदै मधुमल्ला हुँदै इलामको साकफारा जोड्ने सडकको सरोकार समिति गठन भएको छ । चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङको अध्यक्षतामा भएको बैठकले दिपक श्रेष्ठको अध्यक्षतामा ११ सदस्य सरोकार समिति गठन गरियो ।

सरोकार समिति गठन गर्न नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा मोरङ क्षेत्र नम्बर १ को क पूर्व प्रदेश सभा सदस्य, नेकपा माओवादी केन्द्रका इलाम सह इञ्चार्ज कान्छा लावती, इलाम चुलाचुली ६ का अध्यक्ष दिलकुमार राई, मोरङ मिक्लाजुङ वडा नम्बर ८ का अध्यक्ष प्रवेश कुवरको आथित्यतामा सर्वदलिय सर्वपक्षिय भेला गरिएको थियो ।

२०२७ सालमा सर्भे भएको सडक लामो समयदेखि अलपत्र परेको थियो । सडक राँके रवि सडकमा जोडिने गरेको छ । २७ किलोमिटर सडक निर्माणका लागि सडक निर्माणका लागि सबै राजनीतिक दलहरु एक भएर लाग्ने समेत निर्णय भएको छ ।

सरोकार समितिको उपाध्यक्षमा शेरबहादुर तामाङ, सचीव कमल ढकाल, सहसचीव प्रदीप पौडेल र कोषाध्यक्ष रेवत बिष्ट रहेका छन् । त्यसैगरि राजन नेम्बाङ, मदन बुढाथोकी, मनोज सुवेदी, कुमार श्रेष्ठ, दिपेन थापा र सन्देश राई रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार