Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

नयाँबजारमा रास्वपाकाे बिराेधसभा

नयाँबजारमा रास्वपाकाे बिराेधसभा

  • सन्देश सम्वाददाता
  • मंगलबार, पौस १७ २०८०


नयाँबजारमा रास्वपाकाे बिराेधसभा

नयाँबजार । माईजोगमाई गाउँपालिकाको नयाँबजारमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिराेधसभा गरेकाे छ ।

गएको शुक्रवार ललितपुरको बालकुमारीमा रहेको ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दैलेखका सुजनसहित अछामका वीरेन्द्र शाहको ज्यान गएको बिषयमा बिराेधसभा भएकाे हाे ।

नयाँबजार परिक्रमा गरेर रेडपाण्डा चोकमा कोणसभा गरेको रास्वपाले स्वदेशमै रोजगारी दे सरकार , जनता मार्न पाइदैन , जस्ता प्लेकार्ड र नाराबाजी गरेका थिए ।

रास्वपा माईजोगमाई गाउँ कमिटीका सम्पूर्ण पदाधिकारीहरुको उपस्थितिमा बिरोध सभा सम्पन्न भएको रास्वपा माईजोगमाई गाउँ कमिटि कार्यबाहक सभापती बिरेन निरौलाले जानकारी दिए । मृतकहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरेको थियो ।

आज मंगलबार नयाँबजारमा बजार लाग्ने गर्दछ सोही दिन रास्वपाले कार्यक्रम गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले देशैभर विरोधको कार्यक्रम गर्दै इलामको माईजोगमाईमा समेत गरेको कार्यबाहक सभापती निरौलाले बताए । यता सरकार र मृतकको परिवार बिच हिजो सोमबार चारबुँदे सहमति भएको छ ।

सरकारले राहत स्वरुप मृतकको परिवारलाई प्रतिपरिवार १० लाख र तत्काल परिवारका सदस्यलाई रोजगारी समेत दिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार