इलाम । नेकपा माओवादी केन्द्रको तीन महिने अभियान अन्तरगत ४ महिने पार्टी रुपान्तरण अभियानको समापन र समिक्षात्मक बैठक सम्पन्न भएको छ । माओवादी केन्द्रको दुई पालीका कमिटीको बैठक बसी अभियानको समिक्षा र अभियानको समापन गरिएको हो । २०८० भदौ १६ देखि पुष १६ गतेसम्म सञ्चालन गर्ने पार्टीको निर्णय अनुसार अभियान इञ्चार्जका रुपमा केन्द्रिय सदस्य केपि बराललाई खटाएको थियो । माईजोगमाई गाउँपालिकामा आइतबार अभियानको समिक्षात्मक बैठक सम्पन्न भएको थियो ।

माओवादी केन्द्रका पालिका अध्यक्ष कुविरमान राईको अध्यक्षता मा भएको समिक्षात्मक बैठकमा जिल्ला अध्यक्ष बिजय राई, केन्द्रिय सदस्य केपि बरालले अभियानले लिएका लक्ष्य र प्रगतिका बारेमा आफ्नो धारण राखेका थिए । बैठकमा अभियानको वडा इञ्चार्ज, वडाअध्यक्षहरु, पालिका समिति सदस्यहरुले अभियानले पार्टीलाई चलायमान बनाएको बताएका थिए ।

त्यसैगरी सूर्योदय नगरपालिकामा अभियानको समिक्षा बैठक सोमबार सम्पन्न भएको छ । माओवादी केन्द्रका नगर अध्यक्ष देवी प्रसाद उप्रेतिको अध्यक्षतामा भएको बैठकमा नगर इञ्चार्ज प्रविन तिमसिना, जिल्ला अध्यक्ष बिजय खम्बु र केन्द्रिय सदस्य तथा अभियान इञ्चार्ज केपि बरालले आफ्नो धारण राखेका थिए । बैठकमा अभियान इञ्चार्ज तथा केन्द्रिय सदस्य बराललाई सूर्योदयमा उत्पादित चिया र वुद्धको मुर्ति हस्तान्तरण गरि बिदाई गरिएको थियो ।
