Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलामका विद्यालयहरुमा २० वर्षपछि विद्यालय भर्नासँगै विद्यार्थीको हातमा किताब (तस्बिरहरु)

इलामका विद्यालयहरुमा २० वर्षपछि विद्यालय भर्नासँगै विद्यार्थीको हातमा किताब (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • सोमबार, पौस १६ २०८०


इलामका विद्यालयहरुमा २० वर्षपछि विद्यालय भर्नासँगै विद्यार्थीको हातमा किताब (तस्बिरहरु)

इलाम । शैक्षिक सत्र अन्त्यसम्म पनि पुरै पाठ्यपुस्तक नपाइने समस्या यस वर्षदेखि हटेपछि इलाममा विद्यालयमा अध्ययन र अध्यापनमा सहज भएको छ । २० वर्षदेखि सयममा पाठ्यपुस्तक नपुग्ने समस्या झेल्दै आएका विद्यार्थीले यो शिक्षक सत्रमा भर्नासँगै पाठ्यपुस्तक पाएपछि अध्ययन अध्यापनमा सहज भएको हो ।
दिपक निरौला सन्दकपुर ३ को माईपोखरी सस्कृत माध्यमीक विद्यालयका प्रधानाध्यापक हुन् । ३२ वर्षदेखि शिक्षण पेशा गर्दै आएका निरौलाले २० वर्षदेखि विद्यार्थीमाझ पाठ्य पुस्तकको समस्या झेल्दै थिए ।


तर यो शैक्षिक सत्रमा पाठ्यपुस्तकको समस्या निरौलाले झेल्नु परेन । भर्नासँगै विद्यार्थीले पाठ्यपुस्तक पाए । पहिलाको जस्तो पाठ्यपुस्तक पुरा गर्न शैक्षिक सत्रको ६ महिना कुर्नुपर्ने समस्या यस वर्ष भएन । शिक्षण यात्राका क्रममा निरौलासँग शैक्षिक सत्र पुरा हुँदा पनि पाठ्यपुस्तक नपाएको अनुभव छ ।


यो शैक्षिक सत्रमा भर्नासँगै पाठ्यपुस्तक विद्यार्थीले हातमा पाएपछि शिक्षक विद्यार्थी खुशि छन् । इलामको कर्णाली मानिएको फाकफोकथुम ७ को सिंहदेवी माध्यमिक विद्यालयमा बैशाख १० गते नै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेको थियो । सरकारले पाठ्यक्रम परिवर्तन गरि समयमा नै पाठ्पुस्तक विद्यार्थीलाई दिने योजना गरेपछि भर्नासँगै विद्यार्थीको हातमा किताब पुगेको थियो । समयमा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेपछि अध्ययन अध्यापनसँगै शैक्षिक गुणस्तरमा सुधार सहयोग पुगेको शिक्षक उमाकान्त भट्टराईले बताए ।

उत्तरी इलामको सस्कृत माध्यमकि विद्यालय र पश्चिम इलामको सिंहदेवी माध्यमिक विद्यालय मात्रै हैन इलामका सबै विद्यालयमा यो शैक्षिक सत्रमा समयमा पाठ्यपुस्तक पुगे । २० वर्षदेखि समयमा पाठ्यपुस्तक नपुगेका विद्यालयहरुमा यस शैक्षिक सत्रको भर्ना अगावै पाठ्यपुस्तक पुगेको थियो । समयमा पाठ्यपुस्तक नपुग्दा विद्यालयमा विद्यार्थीको ड्रप आउट हुने गरेपनि अहिले यो वर्ष हटेको सन्दकपुर गाउँपालिका शिक्षा अधिकृत सुनिल निरौलाले बताए ।


१० वटा स्थानीय तह रहेको इलामका सबै सुगम र दुर्गम दुवै क्षेत्रमा समयमा नै यस वर्ष पाठ्य पुस्तक पुगेको हो । पाठ्यपुस्तक समयमा नपुग्दा अध्ययन अध्यापन प्रभावित हुनेगरे पनि समयमा पाठ्यपुस्तक पुगेपछि सरकारी विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्न थालेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार