Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

चमैतामा सुम्निमा र पारुहाङको प्रतिमा अनावरण

चमैतामा सुम्निमा र पारुहाङको प्रतिमा अनावरण

  • सन्देश सम्वाददाता
  • सोमबार, पौस १६ २०८०


चमैतामा सुम्निमा र पारुहाङको प्रतिमा अनावरण

मंगलबारे । इलामको देउमाई नगरपालिका–१ चमैतामा सुमकालुङ सुप्तुलुङ माङखिममा सुम्निामा र पारुहाङको प्रतिमा निर्माण गरिएको छ । सुप्तुलुङ खिमको परिसरमा किरात मुन्दुम मिथकमा आधारित किरात राई समुदायको आराध्य पितृदेव सुम्निमा पारूहाङ प्रतिमा स्थापन गरिएको हो ।

औपचारिक रुपमा देउमाई नगरपालिकाको प्रमुख सुर्यप्रसाद पोखरेल, उपप्रमुख पविमाया राई, किरात राई यायोक्खा इलाम जिल्ला कार्यसमिति अध्यक्ष पुष्पा राई र किरात राई यायोक्खा देउमाई नगर कार्यसमिति अध्यक्ष धनबहादुर राना साङपाङको उपस्थितिमा प्रतिमाको अनावरण कार्यक्रम सम्पन्न भएको छ ।

साथै किरात समुदायहरुको विबिध संस्कार, साँस्कृतिकहरूलाई संरक्षण तथा सम्बर्धन गर्नका लागि सास्कृतिक संग्रहालयको निर्माणका लागि सिलान्यास समेत भएको छ । यसै उपलक्ष्यमा केहि समाजमा सकारात्मक योगदान गरेका जेष्ठ तथा समाजसेवी व्याक्तिहरूलाई सम्मान स्वरूप अभिन्नदन गरिएको थियो ।

उक्त समारोहबाट अभिन्नदित हुनु हुने खेलकुद क्षेत्रबाट देउमाई नगरपालिका–३ निवासी कराते सितेरियोको अन्तर्राष्ट्रिय रेफ्री सोम राई, जेष्ठ नागरिक तथा सहयोगदाता देउमाई नगरपालिका १, चमैताबाँसबोटे गाँउ निवासी स्वः राजबहादुर मालुमी साङपाङको जीवनसंगिनी पम्फादेवी राई, जेष्ठ नाक्छोङ खम्बुडाडामा पहिलो साकेलाथान स्थापना गर्ने समयावधीको संस्थापक नाक्छोङ तिलबहादुर रोक्दोङ र विगत लामो समयदेखि बेलायतमा बस्दै आएका समाजसेवी द्वय बलबीर साङपाङ तथा उनकी धर्मपत्नी बीरमाया माक्रिहाङलाई सम्मानपत्र र दोसल्ला ओडाइएको छ ।

प्रतिमा अनावरण कार्यक्रमलाई जगबहादुर साङपाङले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा राम राई, धनबहादुर राना साङपाङ, पुष्पा राई र प्रमुख अतिथी देउमाई नगरपालिका प्रमुख सुर्यप्रसाद पोखरेलले सम्बोधन गरे । नगर प्रमुख पोख्रेलले देउमाई नगरपालिको समग्र विकाश र समृद्धिको लागि सबै जाति, धर्म संस्कार संस्कृतिको संरक्षण गर्नु नै मुख्य लक्ष्य रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार