Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

फिदिम नगर कपको उद्घाटनमा आयोजक र इलाम भिड्दै

फिदिम नगर कपको उद्घाटनमा आयोजक र इलाम भिड्दै

  • सन्देश सम्वाददाता
  • बिहिबार, पौस १२ २०८०


फिदिम नगर कपको उद्घाटनमा आयोजक र इलाम भिड्दै

इलाम। फिदिम नगर कप फुटबल प्रतियोगिताको पाँचौ संस्करण भोलि (शुक्रबार) देखि सुरु हुँदैछ । पाँचौ संस्करणको उद्घाटनमा आयोजक स्वतन्त्र क्लब पाँचथरले इलामको आरडिएफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

फिदिम ७ रानीटारस्थित बराजु रंगशालामा हुने प्रतियोगिताको दोस्रो खेल पुस १४ गते योङ ब्वाइज साखेजुङ इलामले झापाको शनिश्चरे एफसीसँग खेल्नेछ भने तेस्रो खेल पुस १६ गते तुर्केनी एफसी झापा र एलएनएफसी पाँचथरबीच हुनेछ ।

यस्तै, अन्तिम क्वाटरफाइनल खेल पाँचथर फुटबल क्लबले अर्जुनधारा फुटबल क्लब झापासँग प्रतिस्पर्धा गर्नेछ ।

फिदिम नगरपालिकाले प्रवद्र्धन गरेको यस प्रतियोगिताको विजेताले नगद १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको सहआयोजकमा रानीटार युनाइटेड क्लब, डोलो फुटबल क्लब र त्रिवेणी युवा क्लब रहेका छन् । प्रतियोगिताको फाइनल खेल पुस १८ गते हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार