देउमाई (मंगलबारे) पश्चिमि इलामको प्रमुख व्यापारीक केन्द्र रहेको देउमाई नगरपालिका लिफ्ट सहितको आधुनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । अपाङ्ग र जेष्ठ नागरिक मैत्री भवनबाट नयाँ प्रशासनिक सेवा दिन नगरपालिकाले आधुनिक प्रशासनिक भवन निर्माण गरेको हो ।

मंगलबारे गाविस हुँदाको भवनमा प्रशासकिय सेवा दिँदै आएको देउमाई नगरपालिकाले अपाङ् र जेष्ठ नागरिक मैत्री भवन निर्माण गरेको हो । आधुनिक प्रशासकिय भवन निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ । स्थानीय तह घोषणा भई निर्वाचित जनप्रतिनिधि आएपनि प्रशासनिक काम गर्न पुरानो भवन साँघुरो भएपछि नगरपालिकाले आधुनिक भवन निर्माणका लागि २०७८ कात्तिकमा ठेक्का संझौता भएको थियो ।

पुरानो भवन भत्काएर लिफ्ट सहितको आधुनिक भवन निर्माणको काम निर्माण अन्तिम चरणमा पुगेको हो । संघीय सरकारको समपूरक कोष र नगरपालिकाको संयुक्त लगानीमा भवन निर्माणको काम ३० महिनामा सक्ने गरि ठेक्का संझौता भएको थियो ।
तर कोरोना माहामारीका कारण समयमा काम सम्पन्न गर्न ढिला भएको हो । एउटै भवनबाट नगरपालिकाबाट प्रदान हुने सबै सेवा जनतालाई दिने योजनाका साथ भवन निर्माण गरिएको नगर उप–प्रमुख पविमाया राईले बताइन् ।

१४ करोड २३ लाखको स्टामेट भएपनि ९ करोड ७२ लाखमा निर्माणको काम सक्ने गरि नवसिर्जनसिल कविन्द्र जेभिले ठेक्का संझौता पाएको थियो । ५ तलाको भवनमा सभा हल सहित ४४ वटा कोठा रहेका छन् । भवनको स्टकचरको काम सकिएर अहिले फिनिसिङ्ग गर्ने काम भइरहेको छ । भवनको ८४ प्रतिसत काम सकिएको हो ।
२ हजार ५ सय १० वर्गमिटर क्षेत्रमा निर्माण हुने भवन परिसरमा पार्किङस्थल रहेको छ । भवन निर्माणका लागि ठेक्का संझौतापछि निर्माण कम्पनीले काम नियमित गरेपनि केहि तोकिएको म्यादमा सम्पन्न हुने ढिला भएको इञ्जिनियर प्रतिक दवाडीले बताउनुभयो ।
नगरपालिकाको प्रमुख प्रशासकिय भवनका लागि ५ रोपनी जग्गा व्यवस्थापनको भएको थियो । देउमाई नगरपालिकाको केन्द्र पश्चिमि इलामको प्रमुख व्यपारीक बजार मंगलबारेमा रहेको छ ।



