Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रदेश सभा सदस्य तथा पूर्व पर्यटन मन्त्री खिनु लङ्वा लिम्बुको प्रस्तावमा निर्माण भएको फिक्कल नयाँबजार सडक कालोपत्रे अन्तिम चरणमा (तस्बिरहरु)

प्रदेश सभा सदस्य तथा पूर्व पर्यटन मन्त्री खिनु लङ्वा लिम्बुको प्रस्तावमा निर्माण भएको फिक्कल नयाँबजार सडक कालोपत्रे अन्तिम चरणमा (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • मंगलबार, पौस ३ २०८०


प्रदेश सभा सदस्य तथा पूर्व पर्यटन मन्त्री खिनु लङ्वा लिम्बुको प्रस्तावमा निर्माण भएको फिक्कल नयाँबजार सडक कालोपत्रे अन्तिम चरणमा (तस्बिरहरु)

इलाम । ट्रयाक खनिएको ७० वर्षपछि इलामको फिक्कल–नयाँबजार सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सभा सदस्य तथा पूर्व पर्यटन मन्त्री खिनु लङ्वा लिम्बुको प्रस्तावमा प्रदेश सरकारबाट बहुवर्षे ठेक्का मार्फत निर्माण भएको सडक भारतको सीमा क्षेत्रसम्म जोडिनेछ । सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेपछि इलामको उत्तरी ३ स्थानीय तहका बासिन्दा खुशि भएका छन् ।


फिक्कल नयाँबजार सडक खण्डको १६ किलोमिटर सडक अहिले कालोपत्रे भइसकेको निर्माण व्यवसायी डिल्लि खनालले बताए । २० किलोमिटर २ सय मिटर सडक कालोपत्रे गर्ने ठेक्का संझौता अनुसार ७ सय २० मिटर आरसिसि ढलान पनि सकिएको हो । गर्नुपर्ने ७ सय मिटर गर्नुपर्ने भएपनि २० मिटर बढी भएको हो । साढे १० किलोमिटर कालोपत्रे भएको छ । बरबोटेबाट पान्दाम खोलासम्म सडक कालोपत्रे भएको छ । नयाँबजारबाट गुप्तिसम्म सडक कालोपत्रे भइसकेको छ । गुप्ति बजारबाट जोगमाई खोलासम्म कालोपत्रेको पहिलो कोट सम्पन्न भएको छ । दोस्रो कोट गर्ने काम बाँकी रहेको छ ।


आयोजनाको जोगमाई खोलाबाट पान्दाम खोलासम्म चार किलोमिटर कालोपत्रेको काम बाँकी रहेको निर्माण व्यवसायी डिल्लि खनालले बताए । यो खण्डमा पनि सब बसे लगाउने काम गरिएको र भुक्तानको प्रतिवद्धता भएमा चैत्रभित्रमा सबै काम सम्पन्न हुने उनले बताए । सडक आयोजनाको स्टकचरको काम पुष भित्रमा सम्पन्न हुनेछ ।
सडकको भुक्तानीको अवस्था अहिलेसम्म नियमित भइरहेको छ । जसका कारण सडक निर्माणमा नियमित भएको हो । सडकको प्रदेश सासंद खिनु लङ्वा लिम्बुको नेतृत्वमा सडकको अनुगमन गरिएको छ । अनुगमनमा पूर्वाधार विकास कार्यालय झापाका इञ्जिनियर सुरेन्द्र साहा, निर्माण व्यवसायी डिल्लि खनाल लगायतको टोलीले अनुगमन गरेको थियो ।


सडक कालोपत्रे भएपछि आन्तरिक तथा बाह्य पर्यटक बढ्ने विश्वास गरिएको छ । सडक कालोपत्रेले तीनवटा स्थानीय तहका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने प्रदेश सासंद खिनु लङ्वा लिम्बुले बताइन् । ५३ करोड रुपैयाँको लगानीमा कालोपत्रेको काम थालिएको फिक्कल–नयाँबजार–जौबारी सडकको वित्तिय प्रगति ७० प्रतिशत रहेको छ ।
सडक कालोपत्रेपछि सूर्योदय नगरपालिका, माइजोगमाइ र सन्दकपुर गाउँपालिकाबासीलाई प्रत्यक्ष फाइदा पुग्नेछ । पर्यटकको आवतजावत हुने र देशकै सबैभन्दा ठूलो आलु विकास केन्द्र जौवारी हुँदै भारत जोड्ने सडकले उत्तरी इलामका बासिन्दालाई ठुलो सहयोग पुग्ने माईजोगमाई गाउँपालिका पूर्व अध्यक्ष जीत बहादूर राईले बताए ।
२०१० सालमा तत्कालिन बडाहाकिम सन्तवीर लामाको नेतृत्वमा सडकको ट्रयाक खोलिएको थियो । २०७६ मंसिरमा निर्माण सम्झौता भएको सडक झापामा रहेको प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयमार्फत कार्यान्वय हुँदै आएको छ ।


सडक कालोपत्रे भएपछि भारतसँग सीमा जोडिने भएकाले सीमा क्षेत्रका नेपाली नागरिकको पनि नेपाली बजारसम्म पहुँच पुग्नेछ । प्रत्यक्ष रूपमा भारतसँग जोडिने यो सडकका कारण भारतीय पर्यटक बढ्ने विश्वास गरिएको छ । कोशी प्रदेश सरकारले गरेको कालोपत्रको कामले गति लिएपछि इलामको उत्तरपूर्वी क्षेत्रका बासिन्दामा खुसियाली छाएको छ । सडक कालोपत्रे भएपछि बाह्रै महिना यातायात सुचारु हुने भएपछि यहाँ उत्पादित कृषिजन्य उत्पादनलाई भारतको बजारसम्म पुर्याउन सहज हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार