फिक्कल । प्रथम सूर्योदय भेट्रान्स फुटबलको उपाधि भेनस भेट्रान्स सुन्दरपानीले जितेको छ । मानेक्याम्प कर्नर एफसीको आयोजनामा भएको प्रतियोगितामा एक्स आर्मी मिरिकलाई ४–२ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । उपाधिसंगै भेनसले नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको पाहुना टोली मिरिकले नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
भेनसको जितमा कर्ण लिम्बुले ह्रयाट्रिक गरे । पहिलो हाफमा १ गोल गरेका लिम्बुले दोश्रो हाफमा थप १ गोल गरे । सुरुवाती गोल भेनसबाट कर्ण लिम्बुल गरेका थिए । दोश्रो हाफको सुरुवाती समयमा नै सुरज टासीले खेल बराबरीमा ल्याए । लगतै संसार राईले मिरिकलाई अग्रता दिलाए । कर्ण लिम्बुले गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछिको खेलमा कर्ण र कप्तान राकेश क्षेत्रीले गोल गरेपछि भेनसले उपाधि जितेको हो ।
फाइनलको म्यान अफ दि म्याच कर्ण लिम्बु घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आहाले भेट्रान्सका डम्बर चाम्लिङ घोषित भए । उत्कृष्ट गोलरक्षक पशुपति भेट्रान्सका राजन राई, सर्वाधिक गोलकर्ता आहालेका खड्ग घले र फेयर प्ले टिम आहाले घोषित भएको छ ।
प्रतियोगिताको बिजेता एवम उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि ज्ञानु प्रधान र विशेष अतिथि सौरभ आचार्य लगातयले पुरस्कार वितरण गरेका थिए । गत मंसिर २३ गतेबाट सूर्योदय नगरपालिका–९ रम्फोकको चन्द्रग्राउन्डमा संचालन भएको खेलमा नेपाल र भारतका १६ भेट्रान्स टिमको सहभागिता रहेको थियो ।