Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

साख जोगाउन चितवनसंग खेल्दै इलाम, विरगञ्ज र पोखरा आमनेसामने

साख जोगाउन चितवनसंग खेल्दै इलाम, विरगञ्ज र पोखरा आमनेसामने

  • सन्देश सम्वाददाता
  • शनिबार, मंसिर ३० २०८०


साख जोगाउन चितवनसंग खेल्दै इलाम, विरगञ्ज र पोखरा आमनेसामने

इलाम । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज डबल हेडर हुँदैछ । सुपर स्याटर्डेमा आज दुई खेल हुनेछ । पहिलो खेल वीरगंज युनाटेड र पोखरा थण्डर्सबीच १ बजे हुनेछ । त्यस्तै दोश्रो खेलमा प्रतिष्ठाको लडाईको लागि स्पोर्टिङ
इलामले एफसी चितवनसंग खेल्नेछ । चितवन ६ खेलबाट पाँच अंकसहित सातौँ स्थानमा छ भने इलाम उति नै खेलबाट ४ अंकसहित पुछारमा छ ।

प्लेअफ पुग्ने झिनो सम्भावना कायम राख्न चितवनलाई जितको विकल्प छैन । चितवनले प्लेअफ पुग्न अब बाँकी दुई खेल जितेर मात्र पनि पुग्न अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्छ । उता चार खेल हारिसकेको इलामको भने प्लेअफ पुग्ने सम्भावना लगभग सक्किसकेको छ । प्रशिक्षक मेघराज केसीले अघिल्लो खेलमा वीरगंजसँग हारपछि आफ्नो सम्भावना सकिएको बताएका थिए ।

आज पराजित हुने टोली औपचारिक रुपमै प्लेअफ होडबाट बाहिरिनेछ । इलामसंग आज मार्की प्लेयर गोलरक्षक विकेश कुथु हुने छैनन् । विरगञ्ज विरुद्धको खेलमा रातो कार्ड पाएको कारण विकेशले खेल गुमाउनेछन् । लिग चरणको अन्त्यतिर आइपुगेकोले पोखरा र विरगञ्ज विचको आजको खेल शीर्ष चारमा रहेर प्लेअफमा पुग्नका लागि दुवैलाई महत्पूर्ण हुनेछ । पोखरा ५ खेलबाट ८ अंकसहित चौथो स्थानमा छ । आजको खेल जितेमा पोखराले शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्नेछ ।

उता अघिल्लो खेलमा इलामलाई हराएर पहिलो जित निकालेको वीरगंका लागि प्लेअफ पुग्ने हो भने आजको खेल जित्नैपर्नेछ । पराजित भएमा वीरगंजको प्लेअफ यात्रा कठिन बन्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार