फिक्कल । फ्लोरिक्लचर एसोसिएन नेपाल इलाम शाखाको दोश्रो अधिवेशन सम्पन्न भएको छ । शाखा अध्यक्ष सावित्रिदेवी राईको अध्यक्षतामा भएको अधिवेशनमा सूर्योदय नगर प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यता र फ्लोरिकल्चर एसोसिएनका केन्द्रीय अध्यक्ष मीन बहादुर तामाङको विशेष आतिथ्यता रहेको थियो ।
सूर्योदय नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा बोल्दै नगर प्रमुख राईले फुल खेती प्रर्वद्धनका लागि नगरबाट सहयोग हुने बताए । उनले फुल व्यवसायीहरुको कारण भारतबाट आयात हुने फुल प्रतिस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा विशेष अतिथि तामाङले नेपालमा फुल व्यवसायीहरुको अवस्थाको बारेमा जानकारी दिँदै तीनै तहका सरकारबाट प्रोत्साहन सहयोग हुनुपर्ने बताए ।
उनले फ्लोरिकल्चर क्षेत्रमा ७ अर्व लगानी रहेको बताउँदै गत आर्थिक बर्षमा ३ अर्ब ७ करोडको व्यवासय भएको बताए । उनले फुल क्षेत्रमा सक्रियताका कारण ९० प्रतिशत नेपालको उत्पादन खपत भइरहेको बताए । तामाङले कोभिड अघि नेपालबाट १९ करोडको फुल निर्यात भएकोमा हाल ६८ लाखको मात्र नेपाल बाहिर गएको बताए ।
कार्यक्रममा फ्लोरिकल्चर एसोसिएसनका केन्द्रीय सदस्य कृष्ण राम थापा, सूर्योदय नगर कृषि शाखा प्रमुख सीमा कार्की, फ्लोरिकल्चर एसोसिएनका इलाम सल्लाहकार हिमान तामाङ, पत्रकार नमीन ढकाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन सचिव रञ्जिता जिमी याक्खाले गरेकी थिइन् । एसोसिएसनको नयाँ समित तेश्रो अधिवेशनबाट चयन हुने सचिव याक्खाले जानकारी दिइन् ।