इलाम । तेस्रो सिरिजङ्गा गोल्डकपको उपाधिको लागि आज देउराली स्पोर्टिङ क्लब सन्दकपुर र न्युस्टार झापा बिच प्रतिस्पर्धा हुँदैछ । तेल्लोक माविको खेलमैदानमा जारी प्रतियोगिताले नयाँ च्याम्पियन पाउने भएको छ । झापा यस अघि फाइनलमा पराजित भएको थियो । देउराली प्रतियोगिताको दोश्रो सहभागितामा नै उपाधि होडमा प्रवेश गर्न सफल भएको हो ।
फाइनल प्रवेशका लागि देउरालीले सुनाकोठी एफसी ललितपुरलाई १–० ले हराएको हो । यसअघिको संस्करणमा सुनाकोठीले देउरालीलाई हराएको थियो । त्यसैगरी न्युस्टारले ब्रदरहुड एफसी उदयपुरलाई सडनडेथमा हराउँदै लगातार दोश्रो पटक फाइनल खेलेको हो । प्रतियोगिताको पहिलो संस्करण खेवाङ स्र्पोटिङ क्लब र दोश्रो संस्करण सुनाकोठी एफसीले जितेको थियो ।
सिरिजङ्गा सिं थेवेको ३१९औँ जन्मजयन्तीको अवसरमा तेल्लोक स्पोर्टिङ क्लबले आयोजना गरेको गोल्डकपको फाइनल खेल मंसिर २९ गते हुनेछ । विजेताले नगद २ लाख २ हजार २२२ र ट्रफी पाउने छ भने उपविजेताले नगद १ लाख १ हजार १११ पाउने छ ।