इलाम : इलामको फाकफोकथुम–४ फुएतप्पामा जारी फुटबल प्रतियोगिताको उपाधि खेलकुद विकास समिति फुएतप्पाको जितेको छ । फाइनल खेलमा आयोजक फुङ्नाम युवा क्लबलाई २–० गोल अन्तरले हराउँदै फुएतप्पाले उपाधि जितेको हो । जिसंगै फुएतप्पाले नगद ५५ हजार, पाँच सय ५५ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
फुएतप्पालाई उपाधि दिलाउन ओसन राई र रोशन धिमालले एक एक गोल गरेका थिए । फुङ्नाम युवा क्लबले दोस्रो स्थान सहित २५ हजार पाँच सय ५५ प्राप्त गरेको छ ।