Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

देउराली इलाम र न्यु स्टार झापा सिरिजंगा गोल्डकपको सेमिफाइनलमा

देउराली इलाम र न्यु स्टार झापा सिरिजंगा गोल्डकपको सेमिफाइनलमा

  • सन्देश सम्वाददाता
  • मंगलबार, मंसिर २६ २०८०


देउराली इलाम र न्यु स्टार झापा सिरिजंगा गोल्डकपको सेमिफाइनलमा

ताप्लेजुङ । झापाको न्यू स्टार क्लब र इलामको देउराली स्पोर्टिङ क्लब तेल्लोकमा जारी तेस्रो सिरिजंगा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको दोस्रो क्वाटरफाइनल खेलमा इलामले ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

खेलमा सुरुवाती अग्रता ताप्लेजुङले लिएको थियो । खेलको ११औँ मिनेटमा प्रविण जबेगुले गोल गरेका थिए । तर, अग्रता जोगाउन नसक्दा इलाम हाबी भयो । इलामका लागि पिकेश लोक्तामले खेलको २६ र कप्तान विनोद धमलाले खेलको ३१ र ५६औँ मिनेटमा गोल गर्दै सेमिफाइनल यात्रा तय गराए । धमला म्यान अफ दी म्याच बने । तेस्रो क्वाटरफाइनल खेलमा झापाले पुरानै प्रतिस्पर्धी खेवाङविरुद्ध टाइब्रेकरमा बाजी मारेको हो ।

निर्धारित समयको खेलमा दुवै टोलीले २-२ गोलको बराबरी गोल गरेका थिए । टाइब्रेकरमा ५-४ गोलअन्तरमा झापा विजयी भयो । खेलको ७ मिनेटमै झापाका विजु भुजेलले गोल गरेर अग्रता दिलाएका थिए । ९ मिनेटमा खेवाङका लागि आशिष लिम्बूले बराबरी गोल गरेका थिए ।  २६औँ मिनेटमा खेवाङका मनिराज लिम्बूले गोल गरेर अग्रता दोब्बर बनाएका थिए । तर, झापाका आशिष लिम्बूले ६६औँ मिनेटमा बराबरी गोल गरे ।

टाइब्रेकरमा खेवाङका कप्तान क्रिस राईको प्रहार बाहिरिएपछि ताप्लेजुङ पराजित भएको हो । । अब झापाले भोलि (बुधबार) उदयपुरको ब्रदरहुड एफसीसँग पहिलो सेमिफाइनल खेल खेल्नेछ । भोलि नै अन्तिम क्वाटरफाइनल खेल ललितपुरको सुनाकोटी सिटी एफसीसँग पाँचथरको साझा युवा क्लबले प्रतिस्पर्धा गर्नेछ ।

तेल्लोक स्पोर्टिङ क्लबले आयोजना गरेको गोल्डकपको फाइनल खेल मंसिर २९ गते हुनेछ । विजेताले नगद २ लाख २ हजार २२२ सहित आकर्षक ट्रफी पाउने छ

प्रतिक्रिया
सम्बन्धित समाचार