सन्दकपुर (छिन्टापु) । रामसार क्षेत्र माईपोखरीबाट पर्यटकीय क्षेत्र छिन्टापु जोड्ने पदमार्ग सरसफाई गरिएको छ । इलाम जिल्लाको पर्यटकीय गाउपालिका सन्दकपुर गाउपालिका वडा नम्बर २ का अध्यक्ष सनम राईको नेतृत्वमा दुई दिन पदमार्ग सरसफाई गरिएको हो ।

पर्यटकीय क्षेत्र छिन्टापु जने पद मार्गमा झाडी सफाइसँगै विश्राम स्थल सफाइ साथै छिन्टापुको विभिन्न स्थानमा छरिएर रहेको पास्टीकजन्य वस्तु संकलन गरि नष्ट गरिएको हो । नव श्रीर्जनसिल समाज गिताङ्गका युवाहरू साथै टोड्के गिताङ्ग टोलविकास स्यवसेवि संस्थाका पदाधिकारीको उपस्थितिमा पदमार्ग सरसफाई गरिएको । सरसफाई कार्यक्रम सनिवार र आइतबार गरिएको हो ।
