Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुममा व्यवसायीक बाख्रा पालन (तस्बिरहरु) 

फाकफोकथुममा व्यवसायीक बाख्रा पालन (तस्बिरहरु) 

  • सुजन तिमल्सिना
  • शनिबार, मंसिर १६ २०८०


फाकफोकथुममा व्यवसायीक बाख्रा पालन (तस्बिरहरु) 
इलाम (फाकफोकथुम) । इलामको फाकफोकथुम गाउँपालिकामा आधुनिक खोर निर्माण गरि व्यवसायीक बाख्रा पालन गर्ने किसानको संख्या बढेको छ । बाख्रा खरिदका व्यवसायी घरमै पुग्ने गरेपछि किसान व्यवसायीक बाख्रा पालनमा आकर्षित भएका हुन् ।
फाकफोकथुम २ का चन्द्र प्रकास बोहोरा तीन वर्षदेखि व्यवसायीक रुपमा बाख्रा पालन गर्दै आएका छन् । परम्परागत रुपमा बाख्रा पालन गर्दै आएका बोहोराको घरमा आधुनिक खोर छ ।  आधुनिक खोरबाट बोहोराले वर्षमा २ पटकसम्म खसिबोका बिक्रि गरेका छन् । आधुनिक बाख्रा पालनपछि खसिबोका बिक्रिबाट बोहोराले ५ लाखसम्म आम्दानी गरेका हुन् ।
फाकफोकथुम ७ का दुर्गा बहादूर योङ्हाङ्ले आधुनिक खोरमा बाख्रा पालन गरेको २ वर्ष भयो । शिक्षण पेशाबाट अवकास भएपछि योङ्हाङले पक्कि खोर निर्माण गरि व्यवसायीक रुपमा बाख्रा पालन गर्दै आएका हुन् । योङ्हाङ्को खोरमा अहिले ६० वटा बाख्रा रहेका छन् ।
बोहोरा र योङ्हाङ मात्रै हैन पश्चिमि इलामको फाकफोकथुमा व्यवसायीक बाख्रा पालन गर्ने किसानको संख्या बढेको छ । परम्परागत रुपमा बाख्रा पालन गर्दै आएका किसानले अहिले आधुनिक खोर निर्माण गरेका छन् । डालेघाँस र घाँसे मैदानहरु प्रशस्त भएको फाकफोकथुमा किसानले व्यवसायी रुपमा बाख्रा पाल्दै आएका हुन् ।
बाख्रा पालनबाट एक किसानले २ लाखदेखि ५ लाखसम्म आम्दानी गर्दै आएका छन् । फाकफोकथुमा पालिका अहिले ३२ वटा बाख्रा पालन गर्ने व्यवसायीक फार्महरु रहेको पशुसेवा शाखाका पर्शुराम अधिकारीले बताए ।
फाकफोकथुम गाउँपालिकाको तथ्याङ्कमा २२ हजार बाख्रा पालिका  भित्रका किसानका खोरमा रहेका छन् । एक किसानले २० वटादेखि एक सय ५० वटासम्म बाख्रा पालन गर्दै आएको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार