Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सुर्योदय नगरपालिका र सडक डिभिजन कन्याम चिया बगान भत्काउँदै छोड्दै  (तस्बिरहरु) 

सुर्योदय नगरपालिका र सडक डिभिजन कन्याम चिया बगान भत्काउँदै छोड्दै  (तस्बिरहरु) 

  • सुजन तिमल्सिना
  • सोमबार, मंसिर ११ २०८०


सुर्योदय नगरपालिका र सडक डिभिजन कन्याम चिया बगान भत्काउँदै छोड्दै  (तस्बिरहरु) 
सूर्योदय (कन्याम) । दैनिक हजारौँ पर्यटकको आकर्षणक केन्द्र इलामको कन्यामको हरियाली चिया बगान मासिने क्रम बढेको छ । अधिकासं पर्यटकहरु चियाबारी हरियालीमा रमाउन आउने गर्छन् ।
अव्यवस्थित रुपमा सडक विस्तार र भौतीक पूर्वाधार निर्माणको काम शुरुवात भएको ६ वर्ष पुरा भएको छ । कन्यामको सडक विस्तारको काम सूर्योदय नगरपालिकाले शुरु गरेको थियो । संघीय सरकारको क्षेत्राधिकारमा रहेको कन्यामको सडक विस्तारमा सूर्योदय नगरपालिको ८० लाख रुपैयाँ खर्च गरेको थियो । २०७५ सालमा  मेची राजमार्ग विस्तार गर्ने क्रममा साढे सात मिटर चिया बगान मासिएको थियो । त्यसयता निरन्तर चिया बागान मास्ने क्रम बढेको छ ।
सडक डिभिजन इलामले २०७५ सालमा नगरपालिकाले चिया बगान मासेर सडक विस्तार गर्ने काम नसकीकन फेरी बगान मास्नमा केन्द्रित छ । पुरानै साइडमा काम नसकिकन पुनः सडक डिभिजनले सयौँ बोट चिया बगान मासेर वाल लगाउने काम गरेको छ । सूर्योदय नगरपालिकाले पनि ग्रामीण क्षेत्रमा जाने सडकहरु विस्तार गर्दा सयौँ बोटहरु मासिएका छन् ।
दैनिक हजारौँ पर्यटक कन्यामको सुन्दरतामा रमाउन आउने गरेपनि चिया बगान मासिने क्रम बढेपछि कुरुप बन्दै गएको छ । अहिले कन्याम ६ वर्ष अघि झै हरियालीले भरिएको छैन । पूर्वी नेपालको पर्यटकीय क्षेत्र कन्यामको चिया बगान भौतीक पूर्वाधार निर्माणले मासिने क्रम बढेको हो ।
सूर्योदय नगरपालिका र संघीय सरकारको सडक डिभिजनले सडक पूर्वाधार व्यवस्थित रुपमा निर्माण नगर्दा चिया बगान मासिने क्रम बढेपछि पर्यटन व्यवसायी पनि चिन्तित भएका छन् ।  सडक डिभिजन कार्यालयबाट आफ्नो क्षेत्राधिकारमा सडक विस्तार गर्दा चियाका बोटको ख्याल गरिएको छैन । जसले गर्दा सडक क्षेत्राधिकार बाहिर पर्ने हजारौँ चियाका बोटहरु मासिने क्रम बढेको हो ।
सूर्योदय नगरपालिकाले पनि सडक विस्तार गर्दा चिया बगानको महत्व ऐतिहासिकताको ख्याल नगरि चियाका बोटहरु मास्ने गरेको छ । देश विदेशका पर्यटकहरुको आकर्षक गन्तव्य कन्यामको चिया मासिने क्रम बढेपछि व्यवसायमा समस्या आउने पर्यटन व्यवसायी टिका ओडारीले बताए । छिमेकी देश भारतमा पूर्वाधार निर्माण गर्दा प्रकृतिको संरक्षणलाई प्राथमिकता दिएपनि नेपालमा भने प्राकृतिक सुरन्दरताका क्षेत्रहरुको संरक्षण भन्दा पनि भत्काउनमा सरकारी संयन्त्र लागि परेको हो ।
थुम्काथुम्का डाँडाको चिया बगान मास्ने क्रम बढेपछि पर्यटन व्यवसायी चिन्तित भएका छन् । कन्याम भ्रमण गर्ने ८० प्रतिशत पर्यटकहरु चिसो हावापानी हरियो चियाबारीमा रमाउन गर्छन् । कन्यामको चिया बगानको वरिपरि पक्कि घरहरु निर्माण हुने क्रम बढेपछि प्राकृतिक सुन्दरतामा पनि ह्रास आएको छ । कन्याम क्षेत्रको दायाँबाया पक्कि संरचना निर्माण गर्दा बिषेश ध्यान दिनुपर्ने केचना कंचनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौरालीले बताए । चिया पर्यटनको प्रवद्र्धक युवराज गौतमले कन्यामको प्राकृतिक सुन्दरता मासिने गरि गरिएका भौतीक पूर्वाधारले इलामको पर्यटन विकासमा नै प्रभाव पार्ने बताए ।
कन्याम आउने पर्यटकहरु प्राकृतिक सुन्दरता र चिसो हावापानीमा रमाउन आउने हुन्, उनले भने–‘यदि हामीले यहि तरिकाले चिया मास्ने र पूर्वाधार निर्माण गर्ने हो भने कन्याम आउने पर्यटकहरुको बसाई छोटिन्छ । पूर्वाधार निर्माण गर्दा सरोकारवाला व्यक्तिहरुसँगको छलफलपछि प्रकृतिको कम क्षति हुने गरि काम गर्नुपर्ने उनले बताए ।
नेपाल चिया विकास निगम निजिकरण भएपछि कन्याम चिया बगान २०५७ सालबाट व्यवस्थापनको काम संघाई ग्रुपले गर्दै आएको छ । नेपाल सरकारको स्वामित्वको बगानको ३५ प्रतिशत सेयर नेपाल सरकारकै रहेको छ । कन्याम नेपाल, भारत, भुटान र युरोपसम्मका पर्यटकहरु भ्रमणका आउने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार