Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

एनएसएल पुर्वेली डर्बी : इलाम भर्सेस झापा

एनएसएल पुर्वेली डर्बी : इलाम भर्सेस झापा

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर ११ २०८०


एनएसएल पुर्वेली डर्बी : इलाम भर्सेस झापा

इलाम । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ सोमबार दुई नवप्रवेशी टोली झापा फुटबल क्लब र स्र्पोटिङ इलाम एफसी डि मेची भिड्दै छन् । झापा एनएसएलमा डेब्यु खेल्दै छ । इलामले उद्धघाटन खेलमा डिफेन्डिङ च्याम्पियन काठमाण्डौ रेजर्ससंग १–० गोल अन्तरले पराजित भएको थियो ।

झापाका स्पेनिस प्रशिक्षक ओरिओल मोहेडानो जितका साथ सुपर लिगको शुरुवात गर्ने योजनामा छन् । इलामका प्रशिक्षक मेघराज केसी महत्वपुर्ण ३ अंकका लागि आफ्नो टिमलाई मैदान उतार्नेछन् झापाको मार्की खेलाडीमा नेपालका स्टार फरवार्ड अन्जन विष्ट छन् भने इलामको मार्की खेलाडीमा अनुभवी गोलरक्षक विकेश कुथु छन् ।

झापा र इलाम बीचको खेल पुर्वेली डर्बी भिडन्तका रुपमा पनि रहनेछ । खेल दशरथ रंगशालामा बेलुका ५ः३० बजेदेखि शुरु हुनेछ । यसअघि हिजो साँझ भएको खेलमा साविक उपविजेता धनगढीले नवप्रवेशी वीरगंजलाई २–१ गोलले पराजित गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार