रोङ : इलामको रोङ रोङ–२ को शान्तिपुर माबिको ७२ औ वार्षिक उत्सब सम्पन्न भएको छ । रोङ गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोको प्रमुख आतिथ्यतामा मङ्सिर ७ र ८ गते संचालित बार्षिक उत्सव कार्यक्रममा अन्तर विद्यालय स्तरिय एथ्लेटिक्स खेल सांस्कृतिक कार्यक्रम ,सम्मान ,बिदाइ तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अवसरमा बरिष्ठ अधिबक्ता बिष्णु प्रसाद भट्टराइले नगद ५ लाख रुपैयाको अक्षय कोष स्थापना गरेका छन् । कार्यक्रममा पुर्व विद्यालय ब्यवस्थापन अध्यक्ष ,पुर्व शिक्षक अभिभावक संघ अध्यक्ष ,पुर्व प्रधानाध्यापक तथा बरिष्ठ अधिबक्ता बिष्णु प्रसाद भट्टराईलाई रोङ उपाध्यक्ष बिष्णु माया खवास,विद्यालय ब्यस्थापन समिती अध्यक्ष शान्तिमाया राई र प्रधानाध्यापक महेन्द्र पोख्रेलले दोसल्ला एबम प्रसंशा पत्र प्रदान गरि सम्मान गरेका थिए ।
कार्यक्रममा विद्यालयमा लामो समय अध्यापन गरि सरुवा भएका शिक्षक रोशन चाम्लिङ र लक्ष्मी आचार्यको बिदाइ गरिएको छ । प्रधानाध्यापक महेन्द्र पोख्रेलले स्वागत गरेको कार्यक्रमको सन्चालन शिक्षक चन्द्रकान्त पौडेलले गरेका थिए । कार्यक्रम ७२ औ बार्षिक उत्सब मुल समारोह समितिका अध्यक्ष शान्तिमाया राईको सभापतित्वमा सम्पन्न भएको थियो ।