Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरको पर्यटन विकास बारे पर्यटक बोर्डसँग अन्तरसम्बाद (तस्बिरहरु)

सन्दकपुरको पर्यटन विकास बारे पर्यटक बोर्डसँग अन्तरसम्बाद (तस्बिरहरु)

  • नमिन ढकाल
  • मंगलबार, मंसिर ५ २०८०


सन्दकपुरको पर्यटन विकास बारे पर्यटक बोर्डसँग अन्तरसम्बाद (तस्बिरहरु)

सन्दकपुर । प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य इलामको सन्दकपुर गाउँपालिकाको पर्यटन प्रवद्र्धनका बिषयमा नेपाल पर्यटन बोर्ड, केचना कंचनजंघा पर्यटन विकास समिति र सन्दकपुर गाउँपालिकाबिच अन्तरसम्बाद कार्यक्रम सम्पन्न भएको छ । इलामको शीर भएको सन्दकपुर गाउँपालिकाको पर्यटन प्रवद्र्धन र पर्यटनका माध्यमबाट सन्दकपुरबासीको आयआर्जन गर्ने बिषयमा अन्तरक्रिया सम्पन्न भएको हो । सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरि बहादूर लुङ्गेली, वडा नम्बर ३ का अध्यक्ष लिल बहादूर बुर्जा, नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण साहा, केचना कंचनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केसवकुमार द्यौरालीको उपस्थितिमा पर्यटकीयस्थलहरुको बस्तुस्थिति र पर्यटन गतिविधि चलायमान गर्ने बिषयमा अन्तरक्रिया भएको हो ।

अन्तरक्रियामा बोल्दै सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले पर्यटकीय गाउँपालिका सन्दकपुरका पर्यटकीयस्थलहरुको प्रवद्र्धनका लागि तीनै तहका सरकाहरुको सहकार्यका लागि गाउँपालिका अघि बढिरहेको बताए । सन्दकपुरमा पर्यटकीयस्थलहरु धेरै छन्, प्रकृति, संस्कृति, वन्यजन्तु र चराचुरुङ्गीहरुको अध्ययन क्षेत्र भएकाले गाउँपालिकाले प्रदेश र संघ सरकारसँग समन्वय गरि काम गरिरहेको उनले बताए । पर्यटनको माध्यमबाट आम्दानीका श्रोतहरु वृद्धि गरि पालिकाको आन्तरिक आय वृद्धिको काम गर्न गाउँपालिका लागि परेकाले पर्यटन बोर्ड र केचना कंचनजंघा पर्यटन विकास समितिले प्रशिक्षणात्मक कार्यक्रममा सहयोग गर्नुपर्नेमा जोड दिए । अन्तरक्रियामा गाउँपालिका उपाध्यक्ष हरि बहादूर लुङ्गेलीले सन्दकपुरको पर्यटन प्रवद्र्धनका लागि प्रचारात्मक काममा अहिलेसम्म जोड दिएकाले अब व्यवस्थापनका काममा गाउँपालिकाले ध्यान दिएको बताए । स्थानीय तह स्थापनाको पहिलो ५ वर्ष कार्यकाल दोस्रो कार्यकालको एक आर्थिक वर्ष प्रचारात्मक काम गरिएकाले अब व्यवस्थापकिय क्षेत्रमा लगानी गर्ने योजना रहेको उपाध्यक्ष लुङ्गेलीले बताए ।


पर्यटकीयस्थलहरुका होटल होमस्टे र पर्यटन व्यवसायीहरुसँग सहकार्य गरि व्यवस्थापनको काममा गाउँपालिका लागि परेको उपाध्यक्ष लुङ्गेलीले बताए । उनले नेपाल पर्यटन बोर्ड, केचना कंचनजंघा पर्यटन विकास समितिले गाउँपालिकालाई सहयोग गर्नुपर्नेमा जोड दिए । अन्तरक्रियामा बोल्दै नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण साहले सन्दकपुर गाउँपालिका हिल स्टेसनको रुपमा विकास गर्न गुरुयोजना निर्माणका लागि सहयोग गर्ने निर्णय भएको जानकारी दिए । पर्यटन बोर्ड इलामको कन्याम र सन्दकपुर गाउँपालिका हिल स्टेसनको रुपमा विकास गर्ने योजनाका साथ गुरुयोजना निर्माणको काम चालु आर्थिक वर्षमा कार्यान्वयन हुने उनले बताए । त्यसैगरि प्रवद्र्धनात्मक, पदमार्ग निर्माण, तालिमहरु र प्रचारात्मक कामहरु गर्नका लागि पर्यटन बोर्डले सहयोग गर्ने उनले बताए । पर्यटनको विकासका लागि जनताको अपनत्व हुने गरि सहकारी वा पब्लिक प्राइबेट पाटनरसिपको माध्यमबाट विकास निर्माणका काम गर्नुपर्नेमा बोर्डका सदस्य कृष्ण साहले जोड दिए ।


पर्यटनको विकासमा जनताको प्रत्यक्ष अपनत्व हुने गरि विकास र पूर्वाधार निर्माणका काम गाउँपालिकाको संरक्षणकत्वमा गर्न सकिने बोर्ड सदस्य साहले बताए । अन्तरक्रियामा केचना कंचनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केसवकुमार द्यौरालीले सन्दकपुरको पर्यटन विकासका लागि व्यवस्थापकिय कामहरु हुनुपर्नेमा जोड दिए । प्रचारात्मक कामहरु प्रशस्त भएकाले अब व्यवस्थापकिय कामहरु गर्नुपर्नेमा उनले जोड दिए । उनले गाउँपालिकामा छुट्टै पर्यटन शाखा बनाएर काम गर्नुपर्नेमा जोड दिए । तेस्रो मुलुक र भारतबाट बढीभन्दा बढी पर्यटकहरु भित्रने पर्यटकीयस्थल भएकाले गाउँपालिकाले छुट्टै शाखा निर्माण गरि काम गर्नुपर्नेमा उनले द्यौरालीले जोड दिए ।

अन्तरक्रियामा सन्दकपुर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष लिल बहादूर बुर्जाले प्रचारात्मक कामहरु धेरै भएकाले अब व्यवस्थापनकीय काम गर्ने पर्यटन बोर्डले सहयोग गर्नुपर्नेमा जोड दिए । पर्यटन पूर्वाधारका क्षेत्रमा लगानी गर्दा आन्तरिक र बाह्य पर्यटन दुवै पक्षका पर्यटकहरुलाई ध्यान गरि लगानी गर्न सहयोगको आवश्यक रहेको बताए । उनले आन्तरिक पर्यटकहरु लक्षित पूर्वाधार निर्माण गर्नुपर्ने र तेस्रो मुलकको पर्यटकहरु लक्षित प्रकृति र सस्कृति संरक्षणमा लगानी गर्नु तीनै तहका सरकार लागि पर्नुपर्नेमा जोड दिए । अन्तरक्रियामा इलाम नगरपालिका ७ का अध्यक्ष नरेश श्रेष्ठले इलाम नगरपालिका र सन्दकपुर गाउँपालिका सहकार्य गरि पर्यटन प्रर्वद्धनका लागि लाग्नुपर्नेमा जोड दिए । उनले पर्यटन विकासका लागि दुई पालिकाबिच कोष बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । अन्तरक्रियामा पर्यटन सम्बन्धि काम गर्दै आएका पत्रकार सुजन तिमसिनाले पर्यटकका लागि आकर्षिक गर्न प्रचार गर्नुपर्नेमा र पर्यटकहरुको आवश्यकता पुरा गर्न व्यवस्थापकिय काम गर्नुपर्नेमा जोड दिए ।

सन्दकपुरमा विगत ६ वर्ष पूर्वाधार निर्माणको काम पनि तिब्रताका साथ हुँदै आएको बताए । संघीय सरकारबाट रामसार क्षेत्र माईपोखरीबाट सन्दकपुर हुँदै ढापपोखरी जोड्ने पदमार्ग निर्माणको काम तिब्रताका साथ हुँदै आएकाले अब तीन क्षेत्रमा आधारभुत कुराहरु पुरा गर्न सबै लाग्नुपर्नेमा जोड दिए । सन्दकपुरको जौबारीबाट कालपोखरीसम्म पनि पदमार्ग निर्माणको काम सकिएकाले अब अन्य काम गर्नुपर्ने उनले बताए । सन्दकपुर भ्रमणका लागि पर्यटकहरु आउने क्रम बढेकाले अब होटल र होमस्टेहरुमा स्थानीय उत्पादनहरुका परिकाहरुको मेनु बनाएर प्रचार गर्नुपर्नेमा उनले जोड दिए । उनले पर्यटन सुचना केन्द्र निर्माणका लागि गाउँपालिकाले चाँडै काम गर्नुपर्नेमा जोड दिए । अन्तरक्रियामा सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत यादव राउत, कार्यपालिका सदस्य छत्र दियाली, होमस्टे महासंघ कोशी अध्यक्ष लिला भट्टराई, प्रशासकिय अधिकृत धननारायण श्रेष्ठ, सन्दकपुर १ का वडासदस्य चेत बहादूर राई, शिक्षा शाखाका सुनिल निरौला, लेखा अधिकृत युवराज नेपालको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार