Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

तीन दिवसिय भलिबलको उपाधि जिलले जित्यो

तीन दिवसिय भलिबलको उपाधि जिलले जित्यो

  • सन्देश सम्वाददाता
  • आइतबार, मंसिर ३ २०८०


तीन दिवसिय भलिबलको उपाधि जिलले जित्यो

फिक्कल । सुर्योदय नगरपालिका–३ जिल मा सम्पन्न तीन दिवसिय भलिबल प्रतियोगिताको उपाधि ओएसीस स्र्पोटिङ क्लब जिलले जितेको छ । फाइनल खेलमा सयपत्री बिकास केन्द्र सुर्योदय नगरपालिका–१३ लक्ष्मीपुरलाई ३–१ सेटमा हराउदै ओएसिसले उपाधि माथी कब्जा जमाएको हो ।

ओएसिसले २५–१७, २५–१४, २५–२१ अंक समेटदा सयपत्री बिकासले २५–२१ अंक बटुलेको थियो । फाइनल खेलको बिजेताले नगद १५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपबिजेता टोलिले नगद ८ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।

इलाम जिल्ला क्रिकेट संघ अध्यक्ष तथा क्यानका केन्द्रिय सदस्य अर्जुन पौडेलको प्रमुख आतिथ्यता भएको कार्यक्रममा उसु संघ प्रदेश सचिव भिम पौडेलको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य वाङदी तामाङले राखेका थिए ।

प्रादेशिक भलिबल रेफ्री समेत रहेका योगेन्द्र सुबेदीले प्रमुख रेफ्रीको भुमिका निभाएका थिए । फाइनल खेल सहित अन्य विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । प्रतियोगिता जिल स्पोर्टिङ समुहले आयोजना गरेको स्थानीय संचारकर्मी धड्कन शर्माले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार