Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

कागे फुटबल : उपाधिको लागि आज इलाम र ढापपोखरी भिड्दै

कागे फुटबल : उपाधिको लागि आज इलाम र ढापपोखरी भिड्दै

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक २५ २०८०


कागे फुटबल : उपाधिको लागि आज इलाम र ढापपोखरी भिड्दै

सन्दकपुर । इलामको सन्दकपुर–५ जमुनामा जारी कागे फुटबल प्रतियोगिताको उपाधिको लागि ढापोखरी एफसी र इलाम एफसी भिड्दैछन् । शुक्रबारको भएको पहिलो सेमीफाइनलमा ढापपोखरीले सन्दकपुर खेल संघ माबुलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

त्यसैगरी दोश्रो सेमीफाइनलमा टारी एफसीलाई १–० गोल अन्तरले हराउँदै इलामले समेत अन्तिम २ मा स्थान बनाएको हो । गजाधर धनमाया रंगशालामा संचालन हुने प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार १ सय र उपविजेताले ७५ हजार ५ सय प्राप्त गर्नेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई समेत पुरस्कृत गरिनेछ । प्रतियोगिताको फाइनल कार्तिक २५ गते हुनेछ ।परम्परागत रुपमा लाग्दै आएको कागे मेलालाई निरन्तरता र प्रर्वदन गर्ने लक्ष्य सहित कागे फुटबल प्रतियोगिता हुँदै आएको छ ।

aयस संस्करणमा २० टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार