धरान । आगामी नोभेम्बर २८ देखि डिसेम्बर २ तारिकसम्म काठमाण्डौमा हुने सातौ दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि निगम तिमसिनाले स्थान बनाएका छन् ।
राष्ट्रिय कराते एकाडेमी सातदोबाटो ललितपुरमा भएको ५५ औ राष्ट्रिय कराते प्रतियोगितामा कोशी प्रदेशबाट सहभागी हुँदै तिमिसिनाले राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।
धरानका तिमसिनाले ७० केजी माथि तौल समुहमा प्रतिस्पर्धा गरेका थिए । छनौट पछि राष्ट्रिय टोलीबाट मेडल ल्याउने अपेक्षा राखेर तयारी गरिरहेको तिमसिनाले बताए ।