इलाम । इलाम नगरपालिका–७ ले माइखोला स्थित राजदुवाली घाटमा शव जलाउने शव दाह घाट निर्माणको लागि १० लाख रुपैया विनियोजन गरेको छ । इलाम नगरपालिका–९ र १० को सिमानामा पर्ने राजदुवाली घाटमा ब्यवस्थित घाट नहुँदा शव जलाउन समस्या हुँदै आएको थियो ।
सदरमुकामको ठुलो टुँडिखेलमा रंगशाला निर्माणका लागि विनियोजन गरेको बजेटलाई रकमान्तर गरेको हो । रंगशालामा तीनै तहको सरकारले लगानी गर्दै जाने भएकाले वडाले जनताको सबैभन्दा बढी आवश्यक ब्यबस्थित घाट निर्माणमा लगानी गर्ने निर्णय गरिएको वडाध्यक्ष नरेश श्रेष्ठले बताए ।
रकमान्तर गरिएको बजेट कार्यपालिका बैठकबाट पास समेत भइसकेको जनाइएको छ । अब तत्काल शव दाह गृह निर्माणका लागि उचित ठाउँ हेरेर प्राविधिकबाट डिपिआर गराई निर्माणको काम थालिने बताइएको छ ।