Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

कागे फुटबल : सन्दकपुर र टारी बिजयी

कागे फुटबल : सन्दकपुर र टारी बिजयी

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक १८ २०८०


कागे फुटबल : सन्दकपुर र टारी बिजयी

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा जारी कागे  फुटबल प्रतियोगितामा सन्दकपुर एफसी र टारी एफसी बिजयी भएका छन् । आज सम्पन्न पहिलो खेलमा सन्दकपुरले युथ युनाइटेड गोदकलाई ३–२ गोल अन्तरले हराउँदै बिजयी भएको हो ।

त्यसैगरी टारीले जमुना एफसीलाई ३–१ गोल अन्तरले हराएको हो । पहिला खेलमा सन्दकपुरको जितमा सन्तोष मगरले २ र निशान गुरुङले १ गोल गरे । गोदकबाट मिक्सन दासले २ गोल गरे । दोश्रो खेलमा टारीबाट रोजन घलेले २ र प्रदिप राईले १ गोल गरे । जमुनाका युवराज गुरुङले १ गोल फर्काए ।

प्रतियोगिता अन्र्तगत आइतबार साहारा एफसी र छिन्तापु एफसी तथा माइमझुवा एफसी र माईजोगमाई गाउँपालिका भिड्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार