फिक्कल । स्वास्थ्य क्षेत्रमा इलामको १० वटा पालिका मध्ये रोङ गाउँपालिका पहिलो भएको छ । कर्तिक १४ र १५ गते भएको जिल्ला स्तरीय समीक्षामा मूल्याङ्कनमा रोङ पहिलो भएको हो ।
बिभिन्न पैँतीस सूचकहरू र पालिकाहरूले गरेको फरक नविनतम् कामको आधारमा मूल्याङ्कन गर्दा इलाम जिल्लाका १० वटा स्थानीय तहहरू मध्ये सूर्योदय नगरपालिका दोस्रो र सन्दकपुर गाउँपालिका तेस्रो भएको हो ।
आर्थिक बर्ष ०७७÷०७८ मा रोङ दश पालिकामा अन्तिम भएको थियो । आर्थिक बर्ष ०७८÷०७९ मा तेस्रो स्थानमा रहेको थियो ।