Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

सन्दकपुर-४ मा टोल विकास स्वयसेवी उपभोक्ता संस्थाका पदाधिकारीलाई अभिमुखिकरण कार्यक्रम (तस्बिरहरु)

सन्दकपुर-४ मा टोल विकास स्वयसेवी उपभोक्ता संस्थाका पदाधिकारीलाई अभिमुखिकरण कार्यक्रम (तस्बिरहरु)

  • सन्देश सम्वाददाता
  • बिहिबार, कार्तिक १६ २०८०


सन्दकपुर-४ मा टोल विकास स्वयसेवी उपभोक्ता संस्थाका पदाधिकारीलाई अभिमुखिकरण कार्यक्रम (तस्बिरहरु)

सन्दकपुर । सन्दकपुर गाउँपालिका–४ माबुमा गठन भएका टोल विकास स्वयसेवी उपभोक्ता संस्थाका पदाधिकारीलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । विकास निर्माण, विपद् उद्धार र गाउँपालिका कार्यक्रमहरु कार्यान्वयन गर्ने योजनाका साथ गठन भएका टोल विकासका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

अभिमुखिकरण कार्यक्रम सन्दकपुर गाउँपालिका–४ को वडा कार्यालयमा सम्पन्न कार्यक्रम वडाध्यक्ष ढाल बहादुर गुरुङको अध्यक्षता गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गको प्रमुख आतिथ्यता, उपाध्यक्ष हरि बहादूर लुङ्गेली र प्रमुख प्रशासकिय अधिकृत यादव राउतको विशेष आतिथ्यतामा भएको थियो । कार्यक्रममा चालु आर्थिक वर्षमा गाउँपालिकामा कार्यान्वयन हुने योजनाहरु र योजना कार्यान्वयन गर्दा अपनाउनुपर्ने कानुनी प्रक्रियाका बारेमा जानकारी गराइएको थियो ।

आर्थिक वर्ष २०८० ÷ ०८१ को वार्षिक नीति कार्यक्रम तथा बजेट कार्यान्वयनको लागि माबुमा ८ वटा टोल विकास समिति गठन भएको छ । कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यपालिका सदस्य नरमाया थेवेले टोल समितिले स्थानीय स्तरमा भएका विकासका कामहरुलाई नियालेर गुणस्तरिय काम गराउन सुझाव दिइन् । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गुरुङले टोल विकास र स्थानीय सरकारको सहकार्यमा गुणस्तरिय विकास निर्माण हुने बताए ।

उनले योजना बनाएर गरिएको काम परिणामुखी हुने बताए । प्रमुख प्रशासकिय अधिकृत राउतले नेतृत्व विकासका लागि टोल विकास समिति अवसर समेत रहेको बताए । उनले उदाहरणीय काम गर्ने टोलबाट नै भविष्यमा जनप्रतिनिधिको लागि मार्ग प्रशस्त हुने बताए । राउतले जनताको गुनासो सुनेर सदैव सम्बोध गर्ने तयार भएपनि गुणस्तरिय र परिमाणात्मक विकासका काममा आफु निर्मम हुने बताए । उनले एक पटकलाई गल्ती भयो जस्ता बाहना नराख्न आग्रह गरे । उनले पालिका र वडाबाट सेवा प्रवाहमा ढिलासुस्ती भए आफुलाई गुनासो गर्न सकिने बताए ।

गाउँपालिका उपाध्यक्ष लुङगेलीले फरक ढंगको विकास योजना संचालनका लािग सिप र कानुनी कुरा जानकारी गराउन अभिमुखीकरण कार्यक्रम गरिएको बताए । ६ बर्षको बजेत तुलना गर्दा नयाँ ढंगले गए मात्र सन्दकपुरको समृद्धि सम्भव हुने बताए । उनले विकासका कामहरु उपभोक्ता समितिबाट नभएर टोल विकासबाट गर्न सुझाव दिए । प्रकृति र बजार सुहाउँदो व्यवसाय गर्न सुझाव दिँदै टोल विकास मार्फत आगामी दिनमा थप कार्यक्रम गरिने बताए ।

उनले निस्क्रिय जनप्रतिनिधिलाई सक्रिय बनाउने काम टोल विकासको भएको बताए । कार्यक्रममा अध्यक्ष एवम वडा नं ४ का वडाध्यक्ष गुरुङले राज्यबाट पाउने सुविधा बारे जनताहरु अझै अनविज्ञ भएको बताए । उनले टोल विकास मार्फत विकासका योजनाहरु जनतासम्म पु¥याउन सकिने बताए ।

अभिमुखिकरण कार्यक्रममा सन्दकपुर प्रमुख प्रशासकिय अधिकृत यादव राउत, प्रशासकिय अधिकृत धननारायण श्रेष्ठ, योजना शाखा प्रमुख टिका बस्नेत, आर्थिक प्रशासन शाखाका भुपेन्द्र कट्टेल, आन्तरिक लेखा परिक्षक सरोज दाहाल, प्राविधिक शाखाबाट राजकुमार यादव लगायत गाउँपालिका भित्रका विभिन्न शाखाका प्रमुखहरुले संस्थाले निर्वाहा गर्नुगर्ने भुमिकाबारे सहजिकरण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार