मंगलबारे । इलामको देउमाई नगरपालिका–२ मा जारी दिपावली पुरुष नकाउट फुटबल प्रतियोगितामा आजको खेलमा पानीटार, सुर्के एफसी चमैता र देउराली बिजयी भएका छन् । प्रतियोगिताको पहिलो खेलमा इभाङलाई ३–० गोल अन्तरले हराउँदै पानीटारले अघिल्लो चरणमा स्थान सुरक्षित गरेको छ ।
दोश्रो खेलमा आयोजकलाई टाइब्रेकरमा हराउँदै सुर्केले समेत अघिल्लो चरणमा स्थान बनाएको हो । तेश्रो खेलमा एनएफसी चमैताले मुलखर्क एफसीलाई ३–१ गोल अन्तरले हराएको छ । अन्तिम खेलमा देउरालीले वाकओभर पाउँदै विजयी बनेको हो । फतेजुङ एफसी खेलमा सहभागी नभएपछि देउरालीले वाकओभर पाएको थियो ।
साब्जुङ खेलकुद बिकास समितीको आयोजना तथा नेकपा माओवादी केन्द्र र देउमाई नगर पालिका वाइसीएल नेपाल को प्रायोजनमा भएको प्रतियोगितामा २६ टिमको सहभागीता रहेको छ । प्रतियोगिताको बिजेताले ५० हजार उपविजेताले ३० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।