गाजा सिटी । इजरायली आक्रमणको भयानक परिणामले गाजा क्षेत्रका जनताको दैनिकी त्रासदीमा बितेको छ। इजरायली सेनाको ७ अक्टोबरदेखि घेरामा परेको गाजा पट्टीमा हवाई, जमिन र समुद्रबाट बमबारी गरिरहेको छ। हजारौं मानिसहरूको मृत्यु भएको छ र आक्रमणदले व्यापक विनाशको रुप लिएको छ।
गाजामा रहेको सरकारी मिडियाका अनुसार इजरायली आक्रमण सुरु भएदेखि नै नाकाबन्दीमा परेको क्षेत्रमा १८ हजार टनभन्दा बढी विस्फोटक पदार्थ खसालेको छ। प्यालेस्टिनी अधिकारीहरूका अनुसार, ८ हजार ५ सय भन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन्, जसमा ३ हजार ५ सय भन्दा बढी बालबालिकाहरू छन्।
थप १,८७० जना भग्नावशेषमुनि हराइरहेका छन्, जसमध्ये १,०२० बालबालिका छन्। युद्धका बीच गाजा क्षेत्रमा अवस्था नाजुक बनेको छ। अस्पतालमा लास र घाइते व्यक्तिहरूले भरिएका छन्। खानेपानी बिजुली तथा खाने कुराको अभावले गाजा क्षेत्रमा व्यक्तिमा थप समस्या पैदा भएको छ। शहरका विभिन्न क्षेत्रमा खानेपानीका लाइन लाग्नेको भीड लागेको छ। खानाको लागि मान्छेहरू तड्पिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
