Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

कागे फुटबल : उद्धघाटन खेलमा भेटनरी र नालिफुङवा भिड्दै

कागे फुटबल : उद्धघाटन खेलमा भेटनरी र नालिफुङवा भिड्दै

  • सन्देश सम्वाददाता
  • मंगलबार, कार्तिक १४ २०८०


कागे फुटबल : उद्धघाटन खेलमा भेटनरी र नालिफुङवा भिड्दै

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा आयोजना हुने ‘कागे फुटबल’ प्रतियोगिताको उद्धघाटन खेलमा भेटनरी र नालिफुङवा क्लब भिड्ने भएका छन् । आज सार्वजनिक गरेको ड्र अनुसार पहिलो दिनको दोश्रो खेलमा थ्री लिप्स र रेडपान्डा एफसी समेत प्रतिस्पर्धा गर्दैछन् । सन्दकपुर गाउँपालिका वडा नं ५ को मुल संयोजकत्व तथा जमुना खेलकुद समिति र कर्मठ युवा जमुनाको समन्वयमा कार्तिक १६ गतेबाट प्रतियोगिता सुरु हुनेछ ।

गजाधर धनमाया रंगशालामा संचालन हुने प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार १ सय र उपविजेताले ७५ हजार ५ सय प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई समेत पुरस्कृत गरिनेछ । प्रतियोगिताको फाइनल कार्तिक २५ गते हुनेछ ।

परम्परागत रुपमा लाग्दै आएको कागे मेलालाई निरन्तरता र प्रर्वदन गर्ने लक्ष्य सहित विगत ३ दशक भन्दा अघिबाट कागे फुटबल प्रतियोगिता हुँदै आएको छ । यस संस्करणमा २० टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार