Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदयका सुब्बा झङझाउ कलेजको प्रोफेसरमा नियुक्त

सूर्योदयका सुब्बा झङझाउ कलेजको प्रोफेसरमा नियुक्त

  • सन्देश सम्वाददाता
  • सोमबार, कार्तिक १३ २०८०


सूर्योदयका सुब्बा झङझाउ कलेजको प्रोफेसरमा नियुक्त

फिक्कल । इलामको सूर्योदय नगरपालिका–४ मेचीबजारका सचित आनन्द सुब्बा चीनको झङझाउ कलेज अफ साइन्स एन्ड टेक्निोलोजीमा भिजिटिङ प्रोफेसरको रुपमा नियुक्त भएका छन् । सन् २०२४ देखि २०२६ सम्म तीन बर्षको लागि उनी नियुक्त भएका हुन् । उनले अन्तराष्ट्रिय चिया प्रवृति र अन्तराष्ट्रिय चिया संस्कृतिको बारेमा अध्यापन गराउने छन् ।

उनीसंगै श्रीलंका, इथोपिया र लात्भियाका पुर्व विद्यार्थीले सन् २०२६ सम्मलाई नियुक्ति पाएका हुन् । इलाममा खिमा अर्गानिक र आमा अर्गानिक टी संचालन गर्दै आएका सुब्बा सन् २०१४ मा चिया अध्ययनका लागि चीन गएका थिए । उनले चीन झोङझाउको टेनफु टी कलेजमा अन्तराष्ट्रिय चिया प्रवृति र अन्तराष्ट्रिय चिया संस्कृति बिषयमा मास्टर अध्ययन सम्पन्न गरेका छन् ।

सुब्बाले अध्यापन गराउने कलेजमा विभिन्न ९ देशका ११ हजार ८ सय विद्यार्थी अध्ययन गर्दै आएका छन् । उनले अध्यापन गराउने कलेजमा मेडिकल, इन्जिनियरिङ, मिडिया, चिया, फेसन एन्ड कस्मेटिक्स सम्बन्धी अध्ययन गराइदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार