फिक्कल । आगामी कार्तिक १६ गतेबाट प्रथम गोदक टोल स्तरिय खेलकुद प्रतियोगिता हुने भएको छ । वडा खेलकुद समिति इलाम नगरपालिका–१० गोदकको आयोजनामा कार्तिक २५ गते सम्म टोल स्तरिय खुल्ला यूवा, भेट्रान्स, महिला लात्ते भकुण्डो खेल साथै टोल स्तरिय डोरी तान्ने प्रतियोगिता हुने भएको हो ।
युवा तर्फ प्रथम नगद रु १५ हजार ट्रफी, मेडल, प्रमाण पत्र, दोस्रो पुरस्कार नगद ८ हजार ट्रफी, मेडल, प्रमाण पत्र, तेस्रो पुरस्कार ३ हजार र सान्तवना १ हजार रुपैया रहेको छ । भेट्रान्स तर्फ प्रथम ५ हजार ट्रफी, मेडल, प्रमाण पत्र तथा दोस्रो पुरस्कार ३ हजार ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्नेछन् । महिला तर्फ प्रथम पुरस्कार ४ हजार ५ सय र दोश्रो पुरस्कार २ हजार रुपैया रहेको छ ।
प्रतियोगिताको अवसरमा पुर्व खेलाडीहरुलाई सम्मान समेत गरिने वडाध्यक्ष ओमनाथ प्रधान दिलिपले बताए ।