Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

डेरी उद्योगमा जमेकी सुर्योदय २ की दावादिकी सेर्पा (फोटो फिचर)

डेरी उद्योगमा जमेकी सुर्योदय २ की दावादिकी सेर्पा (फोटो फिचर)

  • सुजन तिमल्सिना
  • बुधबार, कार्तिक ८ २०८०


डेरी उद्योगमा जमेकी सुर्योदय २ की दावादिकी सेर्पा (फोटो फिचर)

पशुपतिनगर ।  धेरै नेपाली महिलाहरु रोजगारीका अवसर नपाएर बैदेशीक रोजगारीमा जान्छन् । तर इलामको सूर्योदय नगरपालिका २ निवासी दावादिकी सेर्पाले गाउँमा डेरी उद्योग स्थापना गरि रोजगारीको अवसर पनि दिएकी छन् ।


नेपालका बहुसंख्य महिलाहरु अहिलेपनि गृहिणि छन् । रोजगारीका लागि धेरै महिलाहरु विदेश जाने गरेका छन् । तर इलामको सूर्योदय नगरपालिका ३ निवासी दावादिकी सेर्पाले डेरी उद्योग स्थापना गरि गाउँमै रोजगारीको अवसर पनि दिएकी छन् ।


सेर्पाको उद्योग सूर्योदय नगरपालिका २ को पशुपतिनगर बजार नजिक रहेको छ । ३ वर्ष अघि स्थापना भएको उद्योगमा अहिले ७ सय लिटर गाईको दूध प्रशोधनबाट घ्यु र छुर्पी उत्पादन हुन्छ । सूर्योदय नगरपालिका ३ को ग्रामीण क्षेत्रका किसानबाट गाईको दूध खरिद गरि उद्योगमा प्रशोधन हुदै आएको हो । दूध सकंलक र कामदार गरि ५ जनाले प्रत्यक्ष रोजगारी पाएको उद्यमी दावादिकी सेर्पाले बताइन् ।


उद्योगमा संकलन भएको दूध प्रशोधनबाट ३० प्रतिशत घ्यू र ७० प्रतिशत छुर्पी उत्पादन हुन्छ । उद्योगमा उत्पादन भएको छुर्पी फ्याट सहितको हुन्छ । फ्याट सहितको छुर्पी मानिसले खानमा मात्रै प्रयोग हुन्छ । छुर्पी प्रतिकिलो साढे ११ सय किलोमा बिक्रि हुँदै आएपनि अहिले ८ सय ५० रुपैयाँमा बिक्रि हुँदै आएको छ । घ्यू अहिले ७ सय रुपैयाँमा बिक्रि हुदै आएको हो । उद्योगमा उत्पादन भएको घ्यु छुर्पी नेपालको काठमाडौँ, पोखरा र भारतको दार्जिलिङमा बिक्रि हुँदै आएको हो ।


सेर्पाको उद्योगको प्रवद्र्धनका लागि अहिलेसम्म सरकारबाट सहयोग भएको छैन । तर ग्रामीण क्षेत्रमा रोजगारीका अवसरसँगै व्यवसायीक गाईपालनका लागि दावादिकी सेर्पाले संचालन गरेको डेरी उद्योग पशुपतिनगरमा उदाहरणिय रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार