इलाम : पहिचानवादी साहित्यकार स्व।अम्बिका योङहाङद्वारा लिखित गजल तथा रूवाई संग्रह ‘मैनाम’ बिमोचन भएको छ । इलामको दउमाई नगरपालिका(२ पुङफुङमा एक कार्यक्रम आयोजना गरी ‘मैनाम’ प्रकाशक संस्था योङहाङ समाज इलामले बिमोचन गरेको हो ।
योङहाङ समाज इलामका अध्यक्ष पंचबहादुर योङहाङ लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक एवम् साहित्यकार मधुराज केरूङले ‘मैनाम’ बिमोचन गरे । कार्यक्रममा योङहाङ समाजका कानुनी सल्लाहकार अधिवक्ता यामप्रसाद लिम्बू, देउमाई नगरपालिका वडा नं। २ का वडाअध्यक्ष नरबहादुर मगर, योङहाङ समाजका सल्लाहका राजेन्द्र योङङहाङ, साहित्यकार एवम् भानुभक्त माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाशचन्द्र खनाल, किरात याक्थुङ चुम्लुङ देउमाई नगर अध्यक्ष पूर्णचन्द्र फियाक, संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय सदस्य गोबिन्द योङहाङलगायतको उपस्थिति रहेको थियो ।

योङहाङ समाज इलामक सल्लाहकार राजेन्द्र योङहाङले स्वागत गरेको कार्यक्रममा साहित्यकार प्रकाशचन्द्र खनालले ‘मैनाम’ कृतिका बारेमा समिक्षात्मक टिप्पणी गरेका थिए । ‘मैनाम’ मा विविध विषयवस्तुका गजल र रुवाईहरु सङ्ग्रहित गरिएका छन् । ‘मैनाम’ मा राज्यसत्ताको राप, ताप र प्रतापभन्दा पर उभिएर किनारका आवाजहरु बुलन्द गरिएका छन् । योङहाङले आफ्नो, भूमि, पहिचान, अस्तिस्त र विरासतका मुद्धाहरु दह्रो गरी उठाएका छन् ।
आफ्नो साँस्कृतिक बिम्बप्रतिक र मिथकहरुले रचनाहरु उजिल्याईएका छन् । २०३८ मा जन्मिएका योङहाङको गत २९ भदौमा चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो । योङहाङद्वारा लिखित गजल तथा रूवाई संग्रह गरे योङहाङ समाज इलामले ‘मैनाम’ प्रकाशन गरेको हो ।
स्वर्गीय अम्बिका बारे संक्षिप्त जानकारी
अम्बिका वि।सं। २०३८ साल मंशिर १५ गते इलाम जिल्लाको देउमाई नगरपालिका वडा नं २ साविक मंगलबारे गाउँ विकास समिति वडा नं। ८ पुङफुङमा बुवा चन्द्रबहादुर योङहाङ लिम्बु र आमा मैयाँदेवी लिम्बु गंगा माया सम्बाहाङफेको कोखबाट जन्मेका हुन्।
प्रविणता तहसम्म औपचारिक अध्ययन पूरा गरेका योङहाङ आधा दर्जन भन्दा बढी विभिन्न संघसंस्थामा आबद्ध हुँदै आएका थिए।उनी ‘देउमाईका छालहरु’ साहित्यिक द्वैमासिक पत्रिका (२०५८–२०६२) का सम्पादक, फक्ताङलुङ युवा समाज देउमाई २ का अध्यक्ष, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च जिल्ला कार्यसमिति इलामको सचिव, किरात याक्थुङ चुम्लुङ नगर शाखा देउमाईको सचिव, लेकबेँसी युवा साहित्य समाज पुङफुङको सचिव, मंगलबारे साहित्य मञ्च देउमाका सहसचिव, योङहाङ समाज इलामका सदस्य तथा आहाले युवा क्लव देउमाईका बरिष्ठ सल्लाहकार आदि सामाजिक एवम् राजनैतिक संघसंगठनमा आबद्ब रहँदै सामाजिक अभियानताको रुपमा रहेका थिए।
इलाम नगरपालिका १२ साङरुम्बाकी मनिता राईसँग बैवाहिक जीवन जिउँदै आएका योङहाङका ३ छोरीहरु र एक छोरा छन्।छोरा मिराम, छोरीहरु स्मारिका, स्नेहा र मिसुम छन्।छोरी स्मारिकाको विवाह समेत भईसकेको छ।ज्वाँई धिरेन मुखिया छन्।
त्यस्तै स्वर्गीय अम्बिकाका दाजुरभाउजु जीतबहादुर र माया लिम्बु छन्।बहिनी ज्वाँई तारादेवी र शरन तुम्रोक रहेका छन्।उनका भतिजरबुहारी इश्वर र सबिना, भतिजीरज्वाँई स्मृति र सुमन मुखिया, भाञ्जा मिङसो र मिराक साथै १ नाति र १ नातिनी छन्।