इलाम : नेपाल सुपर लिग एनएसएलका लागि स्पोर्टिङ इलाम एफसी डे मेचीले २० लाख ७० हजार खर्च गरेको छ । इलामले खर्च गर्न पाउने २५ लाख रुपैया मध्ये २० लाख ७० हजारमा १४ जना खेलाडी अनुबन्धन गरेको हो । मार्की खेलाडी राष्ट्रिय टोलीका गोलरक्षक विकेश कुथु रहेको इलाममा राष्ट्रिय टिमको कप्तानी सम्हालिसकेका भरत खवास र विराज महर्जन समेत छन् ।
भरत र विराजका लागि इलामले समान १ लाख ५० हजार खर्च गरेको छ । बी श्रेणीका भरतलाई स्पोटिङ इलाम एफसी र पोखरा थन्डर्सले लिलामी गरेका थिए । गोलाप्रथामा एक लाख ५० हजारमा बिक्री हुँदै भरत इलाम पुगेका हुन् । गत सिजन भरत एफसी चितवन एफसीमा मार्की र कप्तान थिए । बीचमा घाइते हुँदा खेल्न पाएनन् ।
इलामले ए क्याटागोरीका विराज महर्जन, आशिष गुरुङ र नविन लामालाई खरिद गरेको छ । ग्रेड ए का नविन लामा सुरुवातमा अनसोल्ड भएका थिए । तर पछि तीन टोली चितवन, काठमाडौं र इलामले उनलाई रोजेका थिए । उनी गोलाप्रथाबाट इलाम पुगेका छन् । उनले न्यूनतम १ लाख ५० हजार पाउनेछन् ।
डिफेन्डर आशिष गुरुङका लागि काठमाडौं, झापा र बुटवलबीच अक्सनमा प्रतिस्पर्धा भएको थियो । तीन लाखपछि काठमाडौं र इलाम पनि अक्सनमा आएका थिए । पाँच टोलीको भिडन्तपछि उनले पनि ३ लाख ५० हजार प्राप्त गरेका थिए । गोला प्रथाबाट इलामले भित्र्याएको छ । बी क्याटागोरीका सन्तोष खत्री, आशिष चापागाई, विमल पाण्डे, सौरभ लिम्बु, भरत खवास र जितेन्द्र कार्की खरिद गरेको छ ।
ग्रेड सी का समित श्रेष्ठ, आशिष राई, सुरोज बस्नेत र दिपेश घलेलाई समेत टिममा समावेश गरिएको छ । जितेन्द्रलाई किन्न इलाम र बुटवलबीच अक्सनमा प्रतिस्पर्धा भएको थियो । गोलाप्रथाबाट उच्चतम मूल्य १ लाख ५० हजारमा इलामले किनेको छ । उनी त्रिभुवन आर्मी एफसीबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । ग्रेड सी मा रहेका दिपेशलाई इलामले अन्तिम समयमा ८० हजारमा किनेको छ । न्यूनतम मूल्यमा भित्र्याएको हो ।

मिडफिल्डर दिपेशले थ्रीस्टार र एनआरटीबाट व्यवसायिक फुटबल खेलेका छन् । गत महिना भएको एएफसी कप २०२३ मा दिपेशले मछिन्द्र क्लबबाट खेलेका थिए । उनी गत बर्षको अक्सनमा समेत १ लाख रुपैयामा इलामले किनेको थियो । गोलकिपर समित श्रेष्ठले ग्रेड सी मा नाम दर्ता गराएका थिए । उनलाई किन्न इलाम र ललितपुरबीच प्रतिस्पर्धा भएको थियो ।
गोलाप्रथाबाट इलामले १ लाख ३० हजार मूल्यमा अनुबन्ध गरेको छ । इलामले पहिलो खेलाडीको रुपमा उनलाई किनेको थियो । ग्रेड सी मा रहेका मिडफिल्डर आशिष राईलाई इलामले मूल्य लगाएको थियो । तर धनगढी, चितवन र इलाम अक्सनमा लडेपछि उच्चतम मूल्य १ लाख ३० हजार पाएका थिए । अन्तिम समयमा काठमाडौं पनि आएको थियो । गोलाप्रथाबाट इलामले पाएको थियो । ग्रेड बी मा रहेको फरवार्ड आषिश चापागाईंलाई किन्न इलामले सुरुवातमा मूल्य लगाएको थियो ।
काठमाडौंले पनि मूल्य लगाएपछि उनले उच्चतम मूल्य १ लाख ५० हजार रुपैयाँ पाएका थिए । गोला प्रथाबाट इलामले जितेको छ । ग्रेड बी मा रहेका बिमल पाण्डेमा ललितपुर र इलामबीच सुरुवातमा प्रतिस्पर्धा भएको थियो । त्यसपछि धनगढी र झापा थपिएका थिए । उच्चतम मूल्य १ लाख ५० हजारमा इलामले किनेको छ । गोेलाप्रथाबाट टोलीमा भित्र्याएको हो ।

ग्रेड बी मा रहेका सन्तोष महतका लागि अक्सनमा इलाम र बुटवलबीच प्रतिस्पर्धा भएको थियो । उच्चतम मूल्य १ लाख ५० हजारमा पुगेपछि उनी गोलाप्रथाबाट इलाम पुगेका छन् । ग्रेड सीमा रहेका त्रिभुवन आर्मी क्लबका डिफेन्डर सुरज बस्नेत इलाममा अनुबन्ध भएका छन् । अन्तिम समयमा इलामले किनेको थियो । मिडफिल्डर सन्तोष खत्री ले ग्रेड बी मा नाम दर्ता गरएका थिए । उनलाई ललितपुर, झापा, चितवन, इलाम र काठमाडौंबीच प्रतिस्पर्धा भएको थियो । गोला प्रथाबाट इलामले १ लाख ५० हजारमा किनेको हो ।
‘ए’ श्रेणीको न्युनतम मुल्य एक लाख ५० हजार देखि उच्च तीन लाख ५० हजार छ । ‘बी’ श्रेणीको न्युनतम मुल्य एक लाख देखि एक लाख सम्म छ । श्रेणी ‘सी’ मा न्युनतम ८० हजार देखि एक लाख ३० हजारसम्ममा खरिद गर्न सक्छन् । कुनै खेलाडीलाई एक भन्दा बढि खेलाडीले लिलामी लगाएमा गोलप्रथाद्वारा छनोट गरिएको छ । इलामको प्रशिक्षकमा मेघराज केसी रहेका छन् । गत बर्ष सम्पन्न हुन नसकेको एनएसएलका लागि समेत इलामले मेघराजलाई नै प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।
दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा यस पटक ९ टोलीको सहभागीता छ । एनएसएलमा काठमाडौं रेजर्स, धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी, बुटवल लुम्बिनी फुटबल क्लब, बिरगंज युनाइेड एफसी, स्पोर्टिङ्ग मेची डे र झापा एफसी छन् । अक्सनमा कुल १ सय ७८ खेलाडी थिए । ए ग्रेडमा २७ खेलाडी छन् । ए ग्रेडका खेलाडीको अक्सन न्यूनतम मूल्य १ लाख ५० हजार छ ।

ए ग्रेडका खेलाडीको उच्चतम मूल्य ३ लाख ५० हजार रहेको छ । एनएसएलमा एक टोलीले बढीमा २५ लाख र कम्तिमा १८ लाख खर्च गर्न पाउनेछन् । ए ग्रेडका दुई खेलाडी किन्न पाउँछन् । जस अनुसार इलामले विराज र नविनलाई खरिद गरेको हो । मंसिर ८ गतेबाट सुरु हुने यसपटकको एनएसलमा विराटनगर सिटी एफसीले सहभागिता नजनाउने भएपछि पहिलो संस्करणमा खेलेका ६ र नयाँ ३ सहित ९ टोलीले यो संस्करण खेल्नेछन् ।
प्रत्येक टोलीले अक्सन बाहेक छ विदेशी खेलाडीलाई अनुबन्ध गर्न पाउने छन् । त्यसमध्ये एक पटकमा बढीमा ५ खेलाडी मैदानमा उत्रिने पाउने छन् ।
अक्सनमा परेका ९ वटै टिमका खेलाडी सुची तल PDF
अघिल्लो बर्षको अक्सन सुची यस्तो थियो