फिक्कल । नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान विराज महर्जन स्पोर्टिङ इलाम डे मेचीमा अनुबन्ध भएका छन् । पूर्व कप्तान बिराजलाई इलामले न्यूनतम मूल्य १ लाख ५० हजारमा किनेको हो । त्यसैगरी राष्ट्रिय टोलीका सदस्य जितेन्द्र कार्की र नेपाली फुटसल टोलीका सदस्य दिपेश घले समेत इलाममा अनुबन्ध भएका छन् ।
ग्रेड बी मा रहेका जितेन्द्रलाई किन्न इलाम र बुटवलबीच अक्सनमा प्रतिस्पर्धा भएको थियो । गोलाप्रथाबाट उच्चतम मूल्य १ लाख ५० हजारमा इलामले किनेको छ । उनी त्रिभुवन आर्मी एफसीबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । ग्रेड सीमा रहेका दिपेशलाई इलामले अन्तिम समयमा ८० हजारमा किनेको छ ।
न्यूनतम मूल्यमा भित्र्याएको हो । मिडफिल्डर दिपेशले थ्रीस्टार र एनआरटीबाट व्यवसायिक फुटबल खेलेका छन् । गत महिना भएको एएफसी कप २०२३ मा दिपेशले मछिन्द्र क्लबबाट खेलेका थिए । उनी गत बर्षको अक्सनमा समेत १ लाख रुपैयामा इलामले किनेको थियो ।