इलाम। नेपाल राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवास स्पोर्टिङ इलाम डे मेची एफसीमा अनुबन्ध भएका छन् । बी श्रेणीका भरतलाई स्पोटिङ इलाम एफसी र पोखरा थन्डर्सले लिलामी गरेका थिए । गोलाप्रथामा एक लाख ५० हजारमा बिक्री हुँदै भरत इलाम पुगेका हुन् । गत सिजन भरत एफसी चितवन एफसीमा मार्की र कप्तान थिए । बीचमा घाइते हुँदा खेल्न पाएनन् ।
इलामको मार्कीमा गोलकिपर विकेश कुथु छन् । इलामले हालसम्म गोलरक्षक समित श्रेष्ठ, मिडफिल्डर आशिष राई, फरवार्ड आशिष चापागाई, बिमल पाण्डे, सन्तोष महत, सुरज बस्नेत र सन्तोष खत्रीलाई अक्सनबाट भित्र्याएको छ । गोलकिपर समित श्रेष्ठले ग्रेड सी मा नाम दर्ता गराएका थिए । उनलाई किन्न इलाम र ललितपुरबीच प्रतिस्पर्धा भएको थियो ।
गोलाप्रथाबाट इलामले १ लाख ३० हजार मूल्यमा अनुबन्ध गरेको छ । इलामले पहिलो खेलाडीको रुपमा उनलाई किनेको हो । ग्रेड सी मा रहेका मिडफिल्डर आशिष राईलाई इलामले मूल्य लगाएको थियो । तर धनगढी, चितवन र इलाम अक्सनमा लडेपछि उच्चतम मूल्य १ लाख ३० हजार पाएका थिए । अन्तिम समयमा काठमाडौं पनि आएको थियो । गोलाप्रथाबाट इलामले पाएको थियो । ग्रेड बी मा रहेको फरवार्ड आषिश चापागाईंलाई किन्न इलामले सुरुवातमा मूल्य लगाएको थियो ।
काठमाडौंले पनि मूल्य लगाएपछि उनले उच्चतम मूल्य १ लाख ५० हजार रुपैयाँ पाएका थिए । गोला प्रथाबाट इलामले जितेको छ । ग्रेड बी मा रहेका बिमल पाण्डेमा ललितपुर र इलामबीच सुरुवातमा प्रतिस्पर्धा भएको थियो । त्यसपछि धनगढी र झापा थपिएका थिए । उच्चतम मूल्य १ लाख ५० हजारमा इलामले किनेको छ । गोेलाप्रथाबाट टोलीमा भित्र्याएको हो ।
ग्रेड बी मा रहेका सन्तोष महतका लागि अक्सनमा इलाम र बुटवलबीच प्रतिस्पर्धा भएको थियो । उच्चतम मूल्य १ लाख ५० हजारमा पुगेपछि उनी गोलाप्रथाबाट इलाम पुगेका छन् । ग्रेड सीमा रहेका त्रिभुवन आर्मी क्लबका डिफेन्डर सुरज बस्नेत इलाममा अनुबन्ध भएका छन् । अन्तिम समयमा इलामले किनेको थियो । मिडफिल्डर सन्तोष खत्री ले ग्रेड बी मा नाम दर्ता गरएका थिए । उनलाई ललितपुर, झापा, चितवन, इलाम र काठमाडौंबीच प्रतिस्पर्धा भएको थियो । गोला प्रथाबाट इलामले १ लाख ५० हजारमा किनेको हो ।
‘ए’ श्रेणीको न्युनतम मुल्य एक लाख ५० हजार देखि उच्च तीन लाख ५० हजार छ । ‘बी’ श्रेणीको न्युनतम मुल्य एक लाख देखि एक लाख सम्म छ । श्रेणी ‘सी’ मा न्युनतम ८० हजार देखि एक लाख ३० हजारसम्ममा खरिद गर्न सक्छन् । कुनै खेलाडीलाई एक भन्दा बढि खेलाडीले लिलामी लगाएमा गोलप्रथाद्वारा छनोट गरिनेछ ।