Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

अघिल्लो सिजनमा मार्की खेलाडी नवयुग श्रेष्ठ यस सिजनमा अनसोल्ड

अघिल्लो सिजनमा मार्की खेलाडी नवयुग श्रेष्ठ यस सिजनमा अनसोल्ड

  • सन्देश सम्वाददाता
  • शनिबार, असोज १३ २०८०


अघिल्लो सिजनमा मार्की खेलाडी नवयुग श्रेष्ठ यस सिजनमा अनसोल्ड

काठमाडौं । स्ट्राइकर नवयुग श्रेष्ठ नेपाल सुपर लिगको दोस्रो संस्करणमा अनसोल्ड भएका छन् । ए श्रेणीका नवयुगलाई सहभागी ९ टोलीले नै लिलामी मुल्य लगाएनन् ।अघिल्लो सिजनमा उनी पोखरा थन्डर्सको मार्की खेलाडी थिए । गत बर्ष समेत नवयुगलाई कुनै पनि टोलीले बोली लगाएनन् । अन्तमा पोखराले उनलाई टिममा लिएको थियो ।

ए ग्रेडमा रहेका नवयुगलाई अनुबन्ध गर्न कुनै पनि टोलीले न्यूनतम १ लाख ५० हजार खर्चिनु पर्ने हुन्थ्यो । तर कुनै पनि टोलीले किन्नमा चासो देखाएनन् । तर कुनै पनि टिमले उनलाई आफ्नो टिममा अनुबन्ध गर्न चाहेमा सबै खेलाडीको लिमामी सकिएपछि इच्छा सुची बाट किन्न सक्नेछ ।

नवयुगले म्यानमारविरुद्ध खेल्दै ५० खेलको कोशेढुंगा पूरा गरेका थिए । गतसिजन नवयुग एफसी चितवनको कप्तान र मार्की थिए । यसअघि ए श्रेणीका अञ्जन राई पनि अनसोल्ड भएका छन् । आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा।लीले अक्सनमा एक सय ७९ खेलाडीलाई राखेको छ ।

ए’ श्रेणीको न्युनतम मुल्य एक लाख ५० हजार देखि उच्च तीन लाख ५० हजार छ । ‘बी’ श्रेणीको न्युनतम मुल्य एक लाख देखि एक लाख सम्म छ । श्रेणी ‘सी’ मा न्युनतम ८० हजार देखि एक लाख ३० हजारसम्ममा खरिद गर्न सक्छन् । कुनै खेलाडीलाई एक भन्दा बढि खेलाडीले लिलामी लगाएमा गोलप्रथाद्वारा छनोट गरिनेछ ।

प्रतियोगिता मंसिर आठबाट आयोजना हुँदैछ । दोस्रो संस्करणमा ९ टोली सहभागी छन् । गतसिजन खेलेको विराटनगर सिटी एफसीले आयोजकसँगको असन्तुष्टिका कारण नाम फिर्ता लिएका थियो । साविक विजेता काठमाडौं रेजर्स, धनगढी एफसी, स्पोर्टिङ इलाम एफसी, झापा एफसी, विरगंज युनाइटेड, एफसी चितवन, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले सहभागीता जनाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार