काठमाडौं । फरवार्ड नवयुग श्रेष्ठको राष्ट्रिय फुटबल टोलीबाट ५० खेल पूरा भएको छ । घरेलु टोली म्यानमारविरुद्धको सोमबार भएको दोस्रो मैत्रीपूर्ण खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै नवयुगले राष्ट्रिय टोलीबाट ५० औं क्याप जितेका हुन् ।
त्रिभुवन आर्मी फुटबल क्लबका सहकर्मी जिलेस्पीजंग कार्कीको ठाँउमा नवयुग ७२ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । सन् २०१५ मा भारतविरुद्धको मैत्रीपूर्ण खेलमा ५५ औं मिनेटमा जगजित श्रेष्ठको ठाँउमा मैदान प्रवेश गर्दै नवयुगले राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए ।
नवयुगले राष्ट्रिय टोलीबाट ५० खेल खेल्ने क्रममा ८ खेल गरेका छन् । दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग १–० ले पराजित भएको थियो । त्यसअघि शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।
अर्को महिना हुने विश्व कप छनोटको तयारीका सिलसिलामा नेपाली टोली मैत्रीपूर्ण खेलका लागि म्यानमार पुगेको हो ।