Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईमा प्रशासकीय अधिकृत पोख्रेललाई हाजिर गर्न रोक

माईजोगमाईमा प्रशासकीय अधिकृत पोख्रेललाई हाजिर गर्न रोक

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र २४ २०८०


माईजोगमाईमा प्रशासकीय अधिकृत पोख्रेललाई हाजिर गर्न रोक

इलाम । इलामको माईजोगमाई गाउँंपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेललाई हाजिर गर्न रोक लगाइएको छ । पोख्रेल आइतबार पालिकाको कार्यालयमा हाजिर हुन मन्त्रालयको पत्रसहित पुग्दा उनलाई हाजिर नगराई फर्काइएको छ

गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेको ठाडो आदेश भन्दै उनलाई हाजिर नगराइएको बताइएको छ । पालिकाका निमित्त कार्यालय प्रमुख प्रकाश चौधरीका अनुसार सरुवा भएर आएका पोख्रेलको रमनापत्र र सरुवापत्र पालिकामा दर्ता भएको भए पनि हाजिर भने नभएको जानकारी दिए । हाजिर नगराएपछि पोख्रेल इलाम फर्किएका छन् ।

ताप्लेजुङबाट सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत पोख्रेलको आइतबार हाजिर हुने अन्तिम दिन थियो । ताप्लेजुङको सिरिजंघा गाउँपालिकाबाट पोख्रेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरी माईजोगमाई पठाएको थियो । गाउँपालिका उपाध्यक्ष प्रविना राईले गाउँपालिका अध्यक्ष पालिका बाहिर रहेको र आफु भएकैबेला हाजिर गराउने भन्ने कुराले हाजिर हुन नसकेको बताइन् ।

केही दिनअघि गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको सरुवा भएको थियो । उनको सरुवा भएलगत्तै गत १८ गते गाउँपालिकाका लेखा अधिकृत रेश्मा राईसँग कार्यालयमा अनैतिक गतिविधि गरेको भिडियो बाहिरिएको थियो ।

सो भिडियोका कारण चर्चामा रहेको गाउँपालिका थप बिवादित बन्दै गएको छ । गोरखापत्रबाट

प्रतिक्रिया
सम्बन्धित समाचार