इलाम : इलामको माईजोगमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा स्काई पोख्रेल आउने भएका हुन ।
पोख्रेल सरुवा भएर आउनु पुर्ब माईजोगमाईमा नवीन कार्की आउने बताइए पनि कार्किको पुन: सरुवा फिर्ता भएपछि पोख्रेल आउन लागेका हुन । पोख्रेल ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका बाट सरुवा भई माईजोगमाईमा आउने भएका हुन ।
पालिकामा तत्कालीन प्रमुख प्रशासकिय अधिकृत काजीमान राईको सरुवा भएपछि लेखा अधिकृतलाई निमित्त दिइएको थियो । तर पालिकाका तत्कालीन प्रमुख प्रशासकिय र लेखा अधिकृतको कार्यकक्षमा भएको अश्लील हर्कत गरेको भिडियो बाहिरिएपछी लेखा अधिकृतलाई कानुनी प्रक्रिया पुरा नभएसम्म जिम्मेवारीमुक्त गरिएको अध्यक्ष कुश बहादुर थेबेले बताए ।
पालिकामा अहिले कार्यालय प्रमुख नहुदा पालिकाको सेवा प्रभाव प्रभावित बन्न पुगेको हो । नयाँ प्रमुख प्रसाशकियका रुपमा आउन लागेका पोख्रेलले मन्त्रालय बाट पत्र बुझेर आफू ताप्लेजुङ बाट पनि बिदा भइसकेको र आफ्नो बाटोको म्याद समेत सकिन लागेकाले चाडै माईजोगमाईमा हाजिर हुने बताएका छ्न ।